Posted by: chipledhunga December 8, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

सानो हुँदा गाइको बाच्छो ठुलो भए बहर
घरमा जेठी भएपछि कान्छी ल्याउने रहर
भात खाउली मार्सी चामल तिहुन खाउली लौकी
म झिल्केलाई पत्याउने भन कोही छौ कि
हे कुरा साँचो छ ज्यानलाई एउटीको सार्है खाँचो छ


मंगलबारे जदौ सबै गाम्लेहरुलाई। बिर्खे बुढालाई जन्मदिनको शुभकामना। नली खुट्टो नदुखोस्। दुई कोश परका तरुनी पनि सजिलै चिन्ने गरी आँखा तेजिलो रहोस्। छाला चाउरी नपरोस्, दाँत कुनै बाँकी रहेको भए नझरोस्, कपाल कालो पार्ने बस्तुको अभाव नहोस्, मुखाँ तीनपाने र मासु सँधै परोस्, माहिली बुढीको बेल्ना प्रहारबाट बचोस्।
  

Read Full Discussion Thread for this article