Posted by: rbdlama December 6, 2009
Khas Bahun harulai pani rajye chahiyo re!!!! ब्राहृमण समुदायद्वारा छुट्टै राज्यको माग
Login in to Rate this Post:     0       ?        

ब्राहृमण समुदायद्वारा छुट्टै राज्यको माग


१ मंसिर, चितवन । चितवन जिल्लालगायत आसपास क्षेत्रका ब्राहृमण जातिले छुट्टै प्रान्तीय राज्यको माग गरेका छन् ।

ब्राम्हण जातिको उल्लेख्य उपस्थिति हुँदाहुँदै चितवनलाई विभिन्न जातिले
आफ्नै राज्यको माग राख्न थालेपछि ब्राम्हण समाज, चितवनले शनिबार साँझ
भरतपुरमा एक कार्यक्रमको आयोजना गरी छुट्टै राज्यको माग गरेको हो ।


चितवन, नवलपरासी र मकवानपुरका केही क्षेत्रसहित समेटेर छुट्टै राज्य हुनुपर्नेमा उनीहरुले जोड दिए ।


समाजले नवलपरासीको दाउन्ने डाँडादेखि चितवनसहित पूर्वी मकवानपुरको गढीसम्म नारायणी प्रान्तको माग गरेको हो ।


ब्राहृमणलगायत क्षेत्री र ठकुरी जातिको आवाज हालसम्म कुनै तर्फबाट
नआएको भन्दै समाजले आफूहरु सङ्गठित भएर हकअधिकारका लागि अगाडि आउनु परेको
समाजका अध्यक्ष काशिराम पौडेलले बताउनुभयो ।


समाजले कुनै जातिविशेषको प्रदेश हुन नहुने समेत स्पष्ट पारेको छ ।
समाजले आफूहरु जातीय सद्भावमा दृढ रहेको र समानुपातिक हिसाबमा सङ्घीय
हुनपर्नेमा जोड दिएको छ ।


जिल्ला विकास समिति, चितवनले दिएको जानकारीअनुसार चितवनमा ब्राम्हण
समुदायको सङ्ख्या दुईलाखको हाराहारीमा रहेको छ । समाजले ब्राम्हण
समुदायबाहेक उल्लेख्य जनसङ्ख्या रहेको क्षेत्री र ठकुरी समुदाय पनि एक
रहेको बताएको छ । चितवनमा करिब पाँचलाख जनसङ्ख्या रहेको छ ।



Read Full Discussion Thread for this article