Posted by: damikattu December 6, 2009
माओवादीले गरेको नेपाल बन्द देशभर प्रभाव ( 2009-12-6 ) ( Video )
Login in to Rate this Post:     0       ?        
2009-12-6 14:08:10:
( Video Source : Avenues Tv )
माओवादीले गरेको नेपाल बन्द देशभर प्रभाव, ठाउँ ठाउँमा सवारी साधनमा आगजनी, उदयपुरमा मातृका समूहको कार्यालय तोडफोड

कैलाली
घटनालाई लिएर एकीकृत नेकपा माओवादीले आव्हान गरेको नेपाल बन्दले जनजीवन
प्रभावित भएको छ। बन्द सफल बनाउन माओवादीका कार्यकर्ता विहानैदेखि सडकमा
ओर्लिएका छन्। काठमाडौको कलङ्की, चाबहिल, लैनचौर, कोटेश्वर लगायतका ठाउँमा
उनिहरुले प्रदर्शन गर्नुका साथै सवारी साधन चल्नमा रोक लगाएका छन्।
बन्दकर्ताहरुले काठमाडौको कोटेश्वरमा दुईवटा मोटरसाइकल, ठमेलमा
सिटीइभिटीको गाडी, नयाँ बानेश्वरमा टेम्पो र मिनीबस तथा चाबहिल
चुच्चेपाटीमा एउटा भाडाको बसमा तोडफोड र आगजनी गरेका छन्। त्यसैगरी
बन्दकर्ताहरुले काठमाडां नयाँ बजारको एउटा औषधी पसलमा तोडफोड गरेका छन्।
कैलालीको
डुडेझारी जंगल अतिक्रमण गरी बसेकाहरुलाई त्यहाँबाट हटाउने क्रममा झडप
हुँदा ६ जनाको मृत्यु भएको विरोधमा एकीकृत माओवादीद्वारा आयोजित नेपाल
बन्दका कारण आज देशभरको जनजीवन प्रभावित बनेको छ।

माओवादीले
आव्हान गरेको नेपाल बन्दको प्रभाव कैलालीमा परेको छ। बन्दका कारण कैलालीमा
यातायात, शिक्षण संस्था, कलकारखाना पूर्णरुपमा ठप्प रहेका छन् भने बन्दलाई
सफल बनाउन माओवादी कार्यकर्ताहरु बजार क्षेत्रका चेाक चोकमा जम्मा भएका
छन्। बन्दले कैलालीको धनगढी, टिकापुर, लम्की, अत्तरिया लगायतका ठाउँहरुको
जनजीवन प्रभावित भएको छ।




Read Full Discussion Thread for this article