Posted by: pashupatidev December 2, 2009
कबिता : जीवन
Login in to Rate this Post:     0       ?        
जीवन कागजका पन्नाहरु हुन

जनी नजानी सबैले लेख्छन



जसरी मैले लेखे



कहिले रहरले लेखे

कहिले बाध्यताले लेखे

कहिले होशमा लेखे

कहिले बेहोशीमा लेखे



कसैले भने

के लेखेको यो बाटो बिराएको यात्री जस्तो

कसैले भने

आहा ! कती राम्रो छन्दबद्ध कबिता जस्तो



सोचे

राम्रो नराम्रो भन्नेकुरा बुझाईमा भर पर्ने रहेछ



जीवन एक गीत हो

जानी नजनी सबैले गाउछन



जसरी मैले गाए



कहिले रहरले गाए

कहिले करले गाए

कहिले माहौलमा गाए

कहिले एकान्तमा गाए



कसैले भने

कती कर्कश स्वर हो यो काग को जस्तो

कसैले भने

कती मधुर स्वर हो यो कोइली को जस्तो



सोचे

मधुर कर्कश भन्ने कुरा सुनाइमा भरपर्ने रहेछ



जीवन एक यात्रा हो

जानी नजानी सबै हिड्छन्



जसरी म हिंडे



कहिले घाम मा हिंडे

कहिले छायामा हिंडे

कहिले एकलै हिंडे

कहिले साथमा हिंडे



कसैले भने

कती तेज रफ्तार यसको चम्केको घोडा जस्तो

कसैले भने

कती सुस्तरी हिंडेको हो कछुवाको चाल् जस्तो



सोचे

छिटो ढिलो भन्ने कुरा देखाइमा भरपर्ने रहेछ



जे होस् अबचाँही



बाँकी पन्नाहरु

स्वर्ण अक्षरले भर्नु छ



जीवनका गीतहरु

मिठो सुरमा गाउनु छ



सम्मुन्नेका यात्राहरु

गन्तब्य तर्फ डोराउनु छ



फगत आफ्नो लागि

फगत आफ्नो लागि
Read Full Discussion Thread for this article