Posted by: Dineshk December 2, 2009
को हुन् खस ? (remaining part)
Login in to Rate this Post:     0       ?        

contd.....



खिटि्कसैन- खिर्सिने, भुतौ- भुर्तेल, राँचु- रुचाल, गेला- गेलाल, वञ्जाडा- वञ्जाडे, बाँझकोट- बाझकोटा



सर्पुकोट- सापकोटा



रजौरा- रजौरिया


मजगैयाँ आदि खस साम्राज्यमा प्राप्त दर्जा र गाउँहरूको नाउँबाट नेपालका खसहरूको थर निर्धारण भएको परिदृष्यमा खसहरू यहाँका आदिबासी र पुराना रैथाने हुन् भन्ने कुरामा कुनै विवाद गर्ने आधार देखिंदैन। पुराणहरूमा नेपालाई जम्मुद्दिप भनिएको छ। नेपाल प्राचिनकालबाटै भारतीय आर्य ऋषिमुनिहरूको तपोभूमि तथा खस राजाहरूको विहार गर्ने स्थानका रूपमा प्रचलित छ यो आधारबाट हेर्दा त खस जाति यहाँको अनादीवासी जस्तो देखिन्छ। तर खोजकै विषय छ किराँत राजाले कुरूक्षेत्रको लडाईमा भाग लिएको भन्ने श्रुतीले पनि नेपाल भूमिमा खस प्रवेश नयाँ हो भन्ने आधार देखाउँदैनन्। महाभारतका एकजना पात्र दुर्योधनले आफू खस भएकोमा गौरव गर्दथे। पाण्डवहरू विराटनगरमा विराट राजा कहाँ १ वर्ष गुप्तबास बसेका थिए। बिराटनगर विराट राजाका नामले नै विराटनगर नाम रेहको हो भन्ने श्रुती पनि छ। खस जाति भनेका बाहुन, क्षेत्री, ठकुरी हुन् जस्तै पाण्डे, शाही, थापा, बस्नेत, विष्ट, कुँवर (१३) आदि सम्पूर्ण त्यसमा पर्दछन्। वर्तमान कुमाउँ मण्डल खस मा (कस्साइट) बताइने पश्चिम इसियाई पर्वतीय जातिको विशाल लिला क्षेत्रको पूर्वी भाग थियो। (१४) अरबीमा कस्मियन सागरलाई बहरै कस्सर भनिन्छ। जसको अर्थ कस्सहरूको सागर भन्ने हुन्छ। यस्तै कस्स जातिको उपनिवेश कस्सीर कलान्तरमा काश्मिर बन्न गयो। बैदिक साहित्यमा यो जातिलाई कास भनिन्थ्यो। असुरहरूसित रक्तमिश्रण भएपछि यो जातिलाई ब्राम्य भन्न थालियो। रामायण महाभारत लगायतका हिन्दू पुराणहरूमा यो जातिलाई खस या खश भनिएको छ। मनुस्मृतिमा खस जातिलाई धर्मच्यूत मानिएको छ। कुमाउँमा राजपुत कालमा आप्रवासी जातिहरूले खसहरूको संसार र भाषा खस कुरालाई आत्मसाथ गरे। उन्नाइसौं शताब्दीको आरम्भमा ब्रिटिस शासकहरूले कुमाउँ, गढवालको आधा भन्दा धेरै जनसंख्यालाई खस या खसिया मुलुक नामाङ्कन गरे। (१५)


इतिहासमा एउटा प्रभावशाली जातिका रूपमा रहेका खसजातिको बारेमा आधुनिक इतिहास ग्रन्थमा केही उल्लेख पाईदैन। यहाँसम्म कि खस कुरा खस शब्द, शब्दकोषबाट पनि लोप हुंदै गएको थियो। (१६) यसबाट के देखिन्छ भने यो जति आफ्नो भाषा, संस्कृति, संस्कार र जातीयतामा त्यति कट्टर भएको पाईंदैन। यो जतिले हिन्दूकरणसँगै एउटा परिवेशमा बर्णाश्रम धर्म अपनायो तर त्यसलाई पनि अहिले क्रमशः छोड्दै गएको पाइन्छ। यसको निवास्थान कहाँ हो? यी आज कहाँका रैथाने मानिन्छन् त? भन्ने प्रश्नमा हिन्दी शब्दकोशले दिएको व्याख्या अनुसार यो गढवालको उत्तरको प्रदेशको निवासी नेपाल आदि देशमा रहने वाला ब्राम्य क्षेत्री जाति (१७) भन्ने उल्लेख छ। यसबाट कुमाउँ गढवाल र नेपालको विशेषत: पहाडी भाग, पर्वतहरूको काख खस जातिको मातृभूमि या निवासभूमि हो भन्ने प्रष्ट हुन्छ। धर्म, साम्प्रदाय, संस्कृति आदिमा त्यति कट्टर नभएको यो जाति नेपाल प्रवेश गरेपछि बौद्धकरण हुन र यहाँका जनजातिहरूको सस्कृतिसँग घुलमिल भई जनजातिका कैयौं संस्कृतिलाई अबलम्बन गर्न त्यति कठिनाइ रहेन। अहिले इतिहासको एउटा परिवेशमा खस जातिले अबलम्बन गरेको वर्णाश्रम धर्मलाई समयको गतिसँगै तिब्र गतिमा परित्याग गर्दै गएको पनि देखिन्छ। नेपाली खस भारतवर्षमा प्रवेश गरेपछि बैदिक आर्यहरूसँग सम्पर्क हुन जाँदा खस आर्यहरू पनि वर्ण व्यवस्थातर्फ आकर्षित भए। प्राचीन खसहरू ब्राम्हण बन्ने प्रकृया प्राचिन पौराणिक कालमा मात्र सीमित भयो। मध्यकालमा सत्तामा पुगेका खसहरू ठकुरी बने। खसहरू तागाधारी क्षेत्री बन्ने चलन कायमै छ। तागाधारीमा परिवर्तित नभएका मतवाली क्षेत्री वा पावइ खस भन्निछन्। खस आगमन पहिले भारतीय मेदानी भागबाट आएका ब्रामण र राजपुत आ–आफ्ना समकक्षीसँग घुलमेल भएर बसेका हुन्। (१८)


खस आगमन पहिले पश्चिम नेपाल टुक्रा–टुक्रामा विभाजित थियो। अहिलको सेती–महाकाली अञ्चल कुमाउँका शासकका अधिनमा थिए। मगरातमा मगर मुखियाको शासन थियो। गण्डकी प्रदेशको उत्तरी भागमा गुरूङ जातिका कविला राज्यहरू थिए। कुमाउँ, गढवाल र नेपालको पश्चिम भागमा जुम्लामा रहेका खसहरूको मध्य तथा पूर्वी पहाडी नेपालतिरको प्रवेशले खस भाषा, खस सभ्यता खस साम्राज्यलाई नै नेपालभरी विस्तार गर्‍यो। जुम्लाको सिञ्जालाई राजधानी बनाइ त्यहाँबाट फैलिएका खसहरू (बाहुन, ठकुरी, क्षेत्री र शुद्र) लाई जुम्ली तथा कुमाउँलाई राज्य बनाएर बसेका र त्यहाँबाट पश्चिम नेपाल हुंदै मध्य तथा पूर्वतिर छिरेका खसहरूलाई कुमाई खस भन्ने प्रचलन अहिले पनि छ। जस्तै उदाहरणका लागि पर्साइ, सिटौला, ओली, कुमाई हुन्। भने रिजाल, भण्डारी, पण्डित, थापा, खड्का आदि जुम्ली हुन्। खसहरूको आगमनले नेपालमा रहेको कविला जनजातीय राज्य कब्जासँगै खस भाषा र खस संस्कृतिलाई विस्तारै स्थापित गराएको देखिन्छ।


 


सन्दर्भ सामग्री


१. प्रो.अ.ज. मानफ्रेद संक्षिप्त विश्व इतिहास, प्रथम भाग, प्रगति प्रकाशन मस्को, १९८० पृष्ठ ११ २. ऐ. ..... ३. राहुल साँकृत्यान, मानव समाज, लोक भारती प्रकाशन, इलाहावाद–१ अठवाँ संस्करण – १९९३ , पृष्ठ ११ ४. प्रो.अ.ज. मानफ्रेद माथि उल्लेखित पाद टिप्पणी पृष्ठ – ऐ. ५. एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, संसारका इतिहास युरोसिया पब्लिसिङ हाउस प्रा.लि. रामनगर, नइदिल्ली, प्रथम संस्करण १९६६, पृष्ठ २६ ६. प्रा.डा.सूर्यमणि अधिकारी, खस साम्राज्यको इतिहास, भूँडीपूराण प्रकाशन, काठमाडौं प्रथम संस्करण, २०६१, पृष्ठ १९५ ७. एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, माथि उल्लेखित पाद टिप्पणी, पृष्ठ ४६,४७ ८. प्रा. डा. सूर्यमणि अधिकारी, माथि उल्लेखित पाद टिप्पणी ९. ऐ. ...... १०. ऐ. ...... ११. ऐ. ...... १२. ऐ. ...... १३. यमुनादत्त वैष्णव, 'अशोक' कुमाउँका इतिहास 'खस(कस्साइट) जातिके परिप्रेक्ष्य मे', मोर्डन बुक स्टोर्स, नैनीताल, २६३००१ १९७७ पृष्ठ १८३ १४. ऐ. ... प्रस्तावना (निवेदन) १५. ऐ. ...... १६. ऐ. ...... १७. ऐ. ...... १८. प्रा.डा. सूर्यमणि अधिकारी, माथि उल्लेखित पाद टिप्पणी, पृष्ठ १९६


 

Read Full Discussion Thread for this article