Posted by: lamjung December 1, 2009
What if this helicopter crashes??
Login in to Rate this Post:     0       ?        

काठमाडौं, १६ मंसिर http://www.dainikee.com/newsdetail-11693.html




मंसिर १९ गते शुक्रवार नेपाली मन्त्रीहरु सगरमाथाको चिसो हावा खादै
मन्त्रीमण्डलको बैठक बस्दैछन्। जलबायु परिबर्तनको कारण हिमालयहरु पग्लदैछ
भन्ने संकेत बिश्वलाई सुनाउन यस किसिमको कदम चालिएको हो। समुद्री सतहबाट
५,२४२ मिटर उचाइमा रहेको कालापत्थर भन्ने स्थानमा मन्त्रीहरु हेलिकप्टरमा
पुग्नेछन्। त्यहाँ करीब २० मिनेटको बसाइमा मन्त्रीहरुले बाताबरण र
राष्ट्रिय निकुञ्ज सम्बन्धि निर्णयहरु लिनेछन्।

बैठक बस्न लागिएको स्थानमा चारैतिर हिमालले घेरेको छ। हिमालको बीचमा रहेको
घाँसे मैदानमा बैठक बस्न लागेको हो। नेपाल जलबायु परिबर्तनको मुद्दामा
संबेन्दनशील छ भनेर देखाउन मंन्त्रीमण्डलका सदस्यहरु जोखिम मोल्न तयार
भएका हुन।

मन्त्रीहरु अघिल्लो दिन लुक्ला बिमानस्थल हुदै स्याङबोचेमा बास बस्नेछन्।
त्यस दिन साँझ त्यहाँ बैठक बस्नेछ। यही बैठकबाट निस्केका निर्णयहरुलाई
औपचारिकता दिन भोलिपल्ट मौसम अनुकुल भए पछि कालापत्थरमा जान स्वास्थ्य
अवस्था ठिक भएका मन्त्रीहरुले कालापत्थरमा गइ निर्णय पुस्तिकामा हस्ताक्षर
गर्नेछन्। २० मिनेट त्यहाँको बसाइ पछि मन्त्रीहरु फर्कनेछन्।


Read Full Discussion Thread for this article