Posted by: तिका: November 25, 2009
माओबादी र एमालेले खस हरुलाई किन राज्य नाबाडेका होलान?
Login in to Rate this Post:     0       ?        
गाँठि कुरा भन्दिम है लम्जुंङे मित्र -

मेरा दुइ भुटानी साथीहरु छन, एउटा थापा ( नेपाली मुलका) अर्को डुक्पा - प्योर भोटाङी । यी दुबैलाइ इण्डियामा भेट्या हुम सन् १९९५ तिर - छात्रवृत्तिमा पढ्न आएका । दुबै एकदमै मिल्ने साथि थिए ‍- रुम पार्टनर, कहिलै झगडा नपरेका भन्थे है हामीसित । एकहप्ता जति सँगै बसियो - खस-गोर्खाली भाषा र हिन्दी मिसमास पारेर कुराकानी गरीयो । ती दुबै अहिले पनि मिल्ने साथि छन, दुबै भुटानमा सरकारी हाकिम छन, ठुलै हाकिम ।

बसाइको क्रममा दुबैसित एक्लाएक्लै कुरा गर्ने चान्स मिल्या थ्यो । थापाले खुसुक्क भने - "लौ है मित्र सम्पर्कमा बसुम, आफ्नो त पढाइ सक्काएर देश फर्किने योजना छ, तर हामीलाइ कतिखेर लखेट्ने हो थाहा छैन, त्यो अर्को भोटे मलाइ जासुस जस्तो लाग्छ, ब्यबहार त अहिले सम्म ठीकठाक छ, लखेटे तपाइहरुतिरै आउन पर्छ हाम्लाइ, अन्त जाने ठाउँ छैन, सहयोग गर्नोस है ।" मलाइ निराश लाग्यो, उनीप्रति दया जाग्यो, हरे कस्तो अनिश्चित भविष्य? जस्तो लाग्यो । 

डुक्पासित एक्लै हुँदा मैले सिधै सोधे, "हैन भुटानमा नेपालीलाइ किन लखेटेको ?" डुक्पाले हाँस्तै भन्यो - "भुटानलाइ नेपाल हुनबाट जोगाउन" । मैले बुझिन, अनि उनले भने - "भुटानका नेपालीहरु भनेका नेपालतिरका खस गोर्खालीहरु जस्ता हुन । तिनीहरु एकदम चलाख हुन्छन, तिनीहरु फटाहि गर्न सिपालु छन, एकथोक बोल्छन, आर्कैथोक गर्छन । जताबाट पनि आफ्नै कुरा माथि पार्न लाज शरम छोडेर बात मार्छन । तिनलाइ अंकुश नलाए भुटान तिनले खत्तम बनाउछन, नेपाल जस्तै " उनको कुराले मलाइ घोचिरहेको थियो, तर म विवाद गर्ने र नेपाल भुटान भन्दा राम्रो छ भनेर दावि गर्ने अवस्थामा थिएन, अस्तब्यस्त देशको नागरीक दुखेको थियो त्यो बेला । अत: चुप लागेर सुने, भन्ने कुरा केहि थिएन । 

आज भुटानी थापा हैन, म परदेशिनु परेको छ, देशका खराव शासकहरुले जर्जर पारेको देशमा बस्ने बातावरण नपाएर बिदेशमा आफ्नो सीप पोख्न बाध्य छु । भुटानी थापाको निम्ति हैन म मेरो आफ्नै निम्ति निराश र दयालाग्दो पात्र बनेको छु, कसले गर्दा ? तिनै निस्काशित भुटानीका नेपाली दाजुभाइले गर्दा - तिनै बाहुन, क्षत्री, ठकुरी, राणा र अभिजात्य बर्गहरुले गर्दा - लाग्छ भुटानीले समयमै बुद्धि पुर्याएको रहेछ ।

 
Read Full Discussion Thread for this article