Posted by: chipledhunga November 25, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

मलाई माफ गरिदेउ मेरा लोभी नजर
कहीं कसैमा बिजेक्छु भने
म त खोजिरहेथें हरेक चेहेरामा
मेरी सपनाकी एक प्रियसी मायालु


बुधवारे जदौ सबै गाम्लेहरुलाई।
आज त जम्नु जमेको छ नि, शुक्रबारसम्मको एक मुष्ठ होला हैन आजै? अनि ककस्का के के पिलान छन् त ४ दिने छुट्टीमा?
बिष्टे, चियाको लागि धन्यवाद। सेलरोटिसँगै खाम न आज, कसो?
पूरेको दार्ही कटाइ कस्तो भैरहेको छ नि? सुन्तलीको दर्शन मात्रै पाइरहेको छौ कि स्पर्श पनि?
अघी देखी सोचिरहेको थिएँ आज किन आँखा तिर्मिराइरहेको भनेर। पून्टे बूढोको तालु टल्केको पो रहेछ। अनि के छन् हाल्खअर? मिटराँ छुस हान्दै टन्नै कमाउँदै होलान् ट्याउसी चलाएर, आज कताबाट बाटो बिराएर चौतारीमा आएछन्।
हर्के, ठुल्दाइ, बिर्खे, रिट्ठे, अनि नाम छुटेका बाँकी सबैलाई तारेमाम।      

Read Full Discussion Thread for this article