Posted by: Birkhe_Maila November 24, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

पुरेले के गर्यो? (भाग-१)


पुरे बिउँझियो।
बाहिर चराहरु कराईरहेका थिए र पर कुनै मन्दीरमा घन्टबजिरहेको थियो। मान्छेहरुको कल्याङमल्याङ अश्पष्ट स्वरहरु पनि वातावरणमा फैलिएका थिए। एक पटक हाई गर्दै जिऊ तन्कायो र फेरि सिरकमा गुटुमुटु भएर घुँडा खुम्च्याउँदै कोल्टे फर्कियो र भित्तामा टुलुटुलु हेर्न थाल्यो। उसको मनमा र दिमागमा सधैँ झैँ सुन्तली छाइन्। उसलाई आफ्नो सम्पूर्ण शरीरमा मदकता भरिएको आभाष भयो। हल्का मुस्कान ओठमा ल्याउँदै उसले सुन्तलीलाई टाउकोदेखि पैताला सम्म सम्झियो। रेशमी सल्सलाउँदो कपाल,सुलुक्क परेको जिऊ,रसिला गाला तथा ओठहरु...सोच्दा सोच्दै उसको शरीरमा रोमांच भरियो।
ऊ जुरुक्क उठ्यो र ट्वाईलेट गयो। ऐनामा आफ्नो अनुहार हेर्यो,एकपटक आफ्नो हातले आफ्नै निधार,नाक र गाला सुमसुम्यायो र दैनिक कर्मतिर लाग्यो।
भर्खर सोह्र सत्रको उमेर थियो र सबै किशोरहरुमा जस्तो पुरेको दिमागमा अनेकन प्रश्नहरु, कौतुहलताहरु र उत्सुकताहरु व्याप्त थिए। उसलाई अब केटिहरुसंगको सम्बन्ध दिदि बहिनीहरु र साथिहरु भन्दा  अरु पनि हुन्छन भन्ने थाहा हुन थालिसकेको थियो। सुन्तली उसको छिमेकि थिइन र उसकै उमेरकि थिएन्। पुरेले आफ्नो सम्पूर्ण वाल्यकाल सुन्तली र ऊ संगैका साथिहरुसंग खेलेर बिताएको थियो। पहिले त सुन्तलीले उसलाई पछ्याउँथिन र लगभग हरबखत उनिहरु संगसंगै हुन्थे, तर बिगत १-२ वर्ष देखि उसले सुन्तलीमा परीवर्तनहरु देख्न थालेको थियो। परीवर्तनहरुका साथसाथै उसलाई सुन्तलीसित नजिकिने चाहना बढ्दै थिए र यसको ठिक विपरित सुन्तली ऊ संग टाढा टाढा हुँदै थिइन्। उसले निकै लामो समयसम्म बुझेको थिएन कि किन सुन्तली ऊ संग आजभोली खेल्दिनन्। उसलाई थाहा छैन तर केहि समय भयो शायद उसले केटि र केटाबिचको फरक थाहा पाउँदै आएको थियो।
नित्यकर्म सकेर ऊ बाहिर निस्कियो। पारी घरको आँगनमा सुन्तलि कुचो लगाउँदै रहिछिन्। ऊ आफ्ने घरको आँगनमा टक्क अडिएर सुन्तलीलाई हेर्न थाल्यो। सुन्तली उसको विपरीत दिशातर्फ फर्केर कुचो लगाउँदै थिइन र उनि हिँड्दा उनको जिऊ सल्वलाउँथ्यो र प्रत्येक सल्वलाईसंगै पुरेको मुटु हल्का जोडले धडकिन्थ्यो र सम्पूर्ण शरीरमा उसले रोमांच महशुस गर्थ्यो। सुन्तली सिधा भएर यता फर्किइन्। पुरेका आँखा संग सुन्तलीका आँखा जुधे,केहि पलको लागि पुरेको संसार उज्यालो भयो। पुरेले एकोहोरो हेरिरह्यो, सुन्तलीले केवल एक उपेक्षित नजर पुरेतिर दिएर तत्कालै झुकेर कुचो लगाऊन थालिन्। पुरे झन हेरेको हेरेई भयो, उसको झन्डै अँध्यारो हुन लागेको सानो संसार झन उज्यालो भयो। तत्कालै सुन्तली केहि सजग देखिईन्,उनले तुरन्तै आफूले ओढेको सल घाँटिमुनि केहि तानेर खसालिन्। पुरेको संसार अब फेरि अँध्यारो भयो।
पुरे हेरिरहेको थियो। सुन्तली आँगन बडारेर एकपटक पनि पुरेतिर नहेरि घर भित्र छिरिन्।
पुरै दौडिएर आफ्नो घर भित्र छिर्यो र ऐना खोजेर एकपटक फेरि आफ्नो अनुहार हेर्यो। लगभग दौडिएर झ्यालतिर गयो र सुन्तलीको घरतिर हेर्न थाल्यो। सुन्तली बाहिर आँगनमा आएर फेरि भित्र छिर्दै रहिछिन्। सुन्तलीको जिऊको सलवलसंगै पुरेको मन सलवलायो।
पुरे नजिकैको कुर्सिमा बस्यो,केहि सोच्यो र मनमनै बोल्यो-"गर्न पर्छ कि क्या हो?"
यति भन्दै ऊ फेरि आत्तिएको जस्तो देखियो।
"धत्..मान्छेले थाहा पाईहाल्छन नि!"
उसले फेरि मनमनै बोल्यो।
"लुकाऊन मिल्दैन होला फेरि, गरेको र गरेपछि कसैले देख्यो वा थाहा पायो भने सबैतिर हल्ला चल्छ!"
उसको एकपछि अर्को मनमा तर्कनाहरु खेल्दै थिए।
"ह्या अब म बच्चा हैन नि,सबैले बच्चा भन्ठान्छन। जे पर्ला पर्ला गरेरै देखाउँछु अब त!पहिलेदेखि नै गर्ने गर्या भए अहिले सुन्तली मसंग मस्केर बोल्ने गर्थिन्।"
"तर...गर्ने कसरि? बाले थाहा पाए भने?"
बाउको डरलाग्दो जुंगा सम्झेर उसको मुटु हल्का उफ्रियो।
"लौ गर्छु गर्छु,बा आज दिउँसो बजार जाने कुरा छ, आमा पनि संगै जाने रे, बेलुका सम्म आउँदैनन्। घरमा कोहि नभएको बेला पारेर गर्छु!"
अब ऊ अलि दृढ देखिन्थ्यो।


(बाँकि भाग पछि)


Last edited: 24-Nov-09 01:03 PM
Read Full Discussion Thread for this article