Posted by: Birkhe_Maila November 24, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

हैन नगर्नु गरेर 'त्यो कुरो त्यस्तै भो' भनेर काँ हुन्छ? कसरि गरेऊ, कता गरेऊ,कतिबेर गरेऊ,फेरि गर्छौ कि गर्दैनौ सपै भन्नुपरो। ब्यान त पसलमा देख्नासाथ मुख छोपेर भागेऊ, किन मुख छोप्या हो? गर्या कुरो मुखमा देखिन्छ भनेर हो कि? मुखै लुकाऊन पर्ने गरि गर्नु नि के गर्नु। अब गर्या कुरो भन्न छोडेर आलु उसिन्ने कुरो गर्छौ। अब धुमधामैसित गरेसि एक कान दुई  कान मैदान त हुने नै भयो नि, गर्या कुरो किन परस्टसित भन्दैनौ। पुन्टे बुडाले गर्या भए गर्नु भन्दा एक बर्ख अगाडि देखुन भन्न थाल्थे। रिट्ठेले 'गर्या भए गर्दै छु है गर्दै छु' भन्दै फलाक्थो। ठूल्दाईले गर्या भए 'गर्नु गरियो, गति परियो, तारेमाम्' भन्दै हाम्लाई भनिहाल्थे। बिस्टे सम्धीले गरेको भए धुर्ब्या पसलमा बल्ने चुरोटको खरानि खरानिलाई थाहा हुन्तो। लहरेले गर्या भ, एउटा आफ्नै एउटा पोस्टो बढाउँथ्यो। हन के गरेऊ तेस्तो र कुरो बटार्छौ हँ पुरे?

Read Full Discussion Thread for this article