Posted by: balankha November 22, 2009
BHOJPUR
Login in to Rate this Post:     0       ?        
भोजपुर बालन्खा पट्टी को कोही हुनुन्छ? भोजपुर को बारेमा अनुभव र खबर सुन्नु रमाइलो लाग्यो यहा। तर दक्षीण तिर को ठाउँ हरु बालन्खा। पाङचा, थिदिन्खा, यू, वासिङ थर्पु, पावला, दुम्माना, देवन्टार्, हसन्पुर्, आदी ठाउँ तिर को कुरा खासै देखियेन। सदर्मुकाम देखि साह्रै टाढा भएर होला धेरै पिछडियेको छन् ती गाबिस हरु। जिल्लका  कुनै पदाधिकारी हरु ती क्षेत्र तिर गयेको, बुझेको कहीले पाइदैन। भोजपुर बजार वोरिपरी का मान्छे हरु दक्षिण क्षेत्र तिर खासै गयेको देखिदैन पनि। यता तिर को गाबिस को नाम लियो भने नी, अर्कै जिल्लाको ठाउँ हो की भनेर जिल्ल परेर सोध्छन। जिल्ला को नक्सा मा , वा कुनै प्रतिबेदन मा हेर्यो भने गबिस को नाम पनि अन्ट सन्ट लेखेको हुन्छ। अङ्रेजी मा त झन भन्नै पर्दैन। जिल्ला सदर्मुकाम  मै बसी बसी सबै काम गर्ने कर्मचारी हरु को काम हो त्यो।

तर जे होस्, भोजपुर को सेरोफेरो साझा मा पढ्न पाउदा आनन्द लागेको छ। थप् केही जानकारी हरु यो लिन्क मा नी गयेर हेर्नु होल।
www.ddcbhojpur.gov.np
http://en.wikipedia.org/wiki/Balankha

dhanyabaad.
Read Full Discussion Thread for this article