Posted by: nepal_rocker November 21, 2009
बजेट पारित गर्न माओवादीले बाटो खुला गर्‍यो
Login in to Rate this Post:     0       ?        
काठमाडौं, मंसिर ६ (नागरिक)- एनेकपा माओवादीले बजेट पारित गर्नका लागि तीन दिन सदन अवरुद्ध नगर्ने निर्णय गरेको छ। शनिबार अपरान्ह बसेको माओवादी केन्द्रीय कमिटीको बैठकले अनिश्चितकालीन आमहड्ताल सहितको तेस्रो चरणको आन्दोलन घोषणा गरे पनि बजेट पारित गर्न भने बाटो खोल्ने निर्णय गरेको हो। माओवादीले मंसिर महिनाभर प्रचार-प्रसार तथा जुलुस, धर्ना र पुष ७ पछि अनिश्चितकालीन राजनीतिक आमहड्ताल गर्ने निर्णय गरेको छ।


Read Full Discussion Thread for this article