Posted by: chanty399 November 21, 2009
एउटी स्मार्ट महिलासँगको बिहेले के फाइदा हुन सक्छ ?
Login in to Rate this Post:     0       ?        
स्मार्ट महिलासँग बिहेले आयु बढाउँछ

एउटी स्मार्ट महिलासँगको बिहेले के फाइदा हुन सक्छ ? वास्तवमा धेरै बढी । अब एउटा अध्ययनले यसमा झन् ठूलो कारणसमेत जोडेको छ । अनुसन्धानअनुसार सुन्दर र चुस्त महिलाको साथले मृत्युदेखि तपाईंको दूरी बढाउन सक्छ ।

स्टकहोमको स्वीडिस इन्स्िटच्युट फर सोसल रिसर्चका वैज्ञानिकहरूले १५ लाख पुरुष र महिलाको सम्बन्धबारे विस्तृत अध्ययन गरे । अध्ययनमा उनीहरूले के पाए भने लामो जीवनको राम्रो स्वास्थ्य र पुरुषको शिक्षासँग कुनै सरोकार छैन, महिलामा भने अवश्य छ । अध्ययन ३० देखि ५९ वर्षका व्यक्तिको सन् १९९० सालको जनगणनामा आधारित छ । यसमा स्मार्ट महिलासँग बिहे गरेका व्यक्ति बढी उमेरसम्म बाँचेका थिए । अध्ययनअनुसार कम पढे लेखेका व्यक्तिसमेत बढी बाच्छन् । अध्ययनमा यो पनि पाइयो कि पुरुषको लामो जीवनमा उनीहरूको पढाइ लेखाइभन्दा श्रीमतीको पढाइले बढी महत्त्व राख्छ । जुन पुरुषका श्रीमतीहरू हाईस्कुलसम्म पनि पढेका थिएनन् उनीहरूको मृत्यु हुने आशंका ग्रयाजुएट पत्नी भएका पतिको दाँजोमा सवा गुनासम्म बढी पाइयो ।

source:Kantipuronline
Read Full Discussion Thread for this article