Posted by: chipledhunga November 20, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइले मलजल कर्ता भनी लगाउनु भएको आरोपको पूर्ण रुपमा खण्डन गर्दछु। तस्वीरमा देखिएको स्थान भन्दा करीब ५० किलोमिटर वर भोजनको लागि बस रोकिएको, त्यति बेला लघुशंकाको लागि ब्यग्र भएको, र भोजनालय रहेको भवनकै एक बन्द कोठामा नाक बन्द गर्दै उपरोक्त कार्य सम्पन्न गरेको ब्यहोरा अवगत गराउँदछु। तस्वीरमा देखिएको स्थानमा बस रोकिंदा उपरोक्त कार्य पुन: सम्पन्न गर्नु पर्ने कुनै आवश्यक्ता महसूस नभएकोले उपरोक्त कार्य नगरी बरु फोटो खिचाइमै रोकाइको समय सदुपयोग गरेको थिएँ।


जहाँसम्म करिमा बेगमसँग मलाई दाँजेको कुरा छ, त्यस प्रति पनि गहिरो खेद प्रकट गर्दछु। बस पुरानै थियो, मेरै सिट छेउको फोटो पनि हेर्नुहोला। तथापि मैले न त थोत्रो गाडी चलाऊने सिन्डिकेटका वा बसका कर्मचारीलाई पिटें न त अर्की मन्त्रिले झैं ऐना फुटाएँ। साथै बिदेशी प्रभु भनेर खण्डन गर्ने तर तीनैको दर्शन गर्न दिल्लीदेखि सिङ्गापुरसम्म जाने नेताहरुले हाँकेको पार्टिसँग आबद्ध वाइस्याल लगाउने धम्की दिएको आरोप पनि झुठो भएको जाहेर गर्दछु। लामो दूरीमा चल्ने बस भएर पनि थोत्रो हुनु अनि नगर बस झैं छिन् छिन्मा रोकिंदा समेत् शान्त रही झ्यालबाट फोटो खिच्दै यात्रा सम्पन्न गरेको ब्यहोरा अवगत गराउँदछु।       

Read Full Discussion Thread for this article