Posted by: chipledhunga November 20, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

बिर्खे बुढाको जवाफ आइसकेछ। बस लघु शंकाको लागि रोकिएको कुरा सही हो। तर स्याङ्जा जिल्लामै हो भन्ने चाँही कसरी? अर्को कुरा मैले बुटवलबाट उपरोक्त बस चढेको होइन। यदि हो नै भने पनि पोखराबाट बुटवल वा सो भन्दा दक्षिण वा पश्चिम जाने बसहरु प्राय नारायणघाट हुँदै चल्छन् जुन बाटोमा स्याङ्जा जिल्ला पर्दैन। बसले सिद्धार्थ लोकमार्गकै बाटो लिएको हो भने पनि बुटवल र पोखरा बीच स्याङ्जा बाहेक अर्को जिल्ला पनि पर्ने तथा बुटवल र पोखरा दुबै स्थान स्याङ्जा बाहेकको जिल्ला पर्ने र बस स्याङ्जा बाहेक अन्य जिल्लामा पनि रोकिएको हुन सक्ने ब्यहोरा अवगत गराउँदछु।
जहाँसम्म झ्याल मुनिको कुरा छ, ८ दशक नाघेका बिर्खे बुढालाई नेत्र परीक्षण गर्न सुझाब दिंदै उपरोक्त झ्याल अघि पछि दुबइतिरबाट पाँचौ नै पर्ने र झ्याल भन्दा निकै तल पर्ने धूँवा फाल्ने नली तर्फ नभै झ्यालको ठीक मुनी के देखिएको हो भनेर प्रश्न गरेको भनी प्रश्ट गर्न चाहन्छु। साथै बस यात्राका क्रममा मैले कहिले पनि बमन नगरेको कुरा समेत जानकारी गराउँदछु।
बसको चालक तरुनी भएको भए मात्रै बिर्खेले बयान गरेको स्थानमा बसेको हुन सक्ने कुरा प्रष्ट गर्दै बसको चालक तरुनी नभएको तथ्य अवगत गराउँदछु। साथै आफ्नो सिट्बाटको द्रिष्य समेत् प्रस्तुत गर्दछु।
बस संयोगबस कोचाकोच नभएको र यात्राा अवधी भर नै केही सिट खाली रहेको पनि जानकारी गराउँदछु।


जाँदाजाँदैको प्रश्नको जवाफमा: शब्दबाटै प्रष्ट हुन्छ कि लघुशंका भनेको सामान्यतया: छोटो अर्थात १ मिनट जती भित्रै पूर्ण हुने प्रकृया हो भने दीर्घशंका पूर्ण गर्न केही बढी अर्थात् ३-४ देखी १५-३० मिनट सम्म लाग्दछ। साधारण अवस्थामा लघुशंकाबाट तरल तर दीर्घशंकाबाट अर्ध तरल र ठोस बीचको जस्तो पदार्थ उत्पादन हुन्छ। यद्यपि, बिशेष अवस्थामा अर्धतरल देखी पूर्ण तरल उत्पादन पनि हुन सक्छ र पूर्ण ठोस् जस्तै जस्तै पनि। लघु शंका फोटोमा देखिए झैं अथवा भित्ता वा पर्खालको आडमा सम्पन्न गर्न सकिन्छ, दीर्घशंका सकिन्न। लघुशंका सम्पन्न भए पछि सामान्यतया केही चाहिन्न भने दीर्घशंका सम्पन्न भए पछि कागज अथवा पानी आवश्यक पर्छ। यद्यपि दुबै प्रकृया पश्चात साबुनपानीले हात धुनु स्वस्थ्यकर मानिन्छ। यी दुई प्रकृया द्वारा उत्पादित पदार्थहरुको रङ तथा गन्ध पनि भिन्न हुने कुरा पनि हामीले भुल्न हुँदैन।       

Read Full Discussion Thread for this article