Posted by: Birkhe_Maila November 20, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

चिपलकान्त चउलागाईँको बस सम्बन्धी प्रश्नका उत्तरहरु यसप्रकार छन्-


१)  यो बस स्याङ्ग्जा जिल्लाको कुनै ठाऊँमा रोकिएको हो। बस रोकिनाको कारणहरु,लघुशंका, दीर्घशंका,बमन,ताजा श्वाशको प्राणायाम,वनजङ्गल सिंचाई,तथा नजिकै कुनै पसल भए डाइवर दाई र चिप्लेलाई बाटो कटाऊने तिनपानेको व्यवस्थाहरु हुन्।


२) यो बस पोखरा बाट सुनौली तर्फ नगईकन, सुनौलीबाट पोखरा तर्फ गएको स्पष्ट हुन्छ। कसरि भनेर पत्ता लगाऊने काम प्रश्नवाचकको।


३)यो बसको फोटो खिच्ने व्यक्ती चिपलकान्त चउलागाईँ हुन् र ऊनी बुटवलबाट पोखरा जान लागेका थिए र ऊनी कुनै लम्बर बिनाको सिटमा बसेका थिए, अर्थात उनि ड्राइवरसंग अगाडि बसेका थिए जहाँ प्राय: ड्राईवरहरुले तरुनिलाई मोड काट्दा छुन मिल्ने गरेर राख्ने गर्दछन्।


४)अगाडि र पछाडि दुवैतिरबाट पाँचौँ झ्यालको तल बसको धुवाँ जाने दुलो देखिन्छ तर प्रश्नकर्ताले भने कसैले वमन गरेको धारोलाई सोध्न खोजेका थिए तर अगाडिबाट गन्न सकेनन,शायद बमन उनैले गरेको हुन पर्छ।


५) यो सिटमा पूर्णतया: असत्य कुरा केहि पनि लेखिएको छैन तर आँशिक रुपमा असत्य भने लेखिएको छ र त्यो हो, 'भिडियो कोच' यो बसमा भिडियो छैन तर कोचाकोच भने अवश्य छ।


ल सबै प्रश्नको सहि र मात्र सहि उत्तर दिएकोमा बिषेश पुरस्कार र तक्मा पाउँ र साथसाथै,अघिको ठुल्दाईको भनाई अनुसार धेरै शब्द लेखेकोमा बोरफस घोषणागरिपाउँ, नत्र दीर्घकालिन आन्दोलनको लागि तयार भएर बसौँ।


जदौ!


जाँदा जाँदै;-  यो उत्तरको प्रश्न छ कि, लघुशंका र दीरघशंकामा के फरक छ विस्तृत वर्णन गर्नुहोस।

Read Full Discussion Thread for this article