Posted by: Birkhe_Maila November 19, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

चिप्लेले अन्तिमपटक राखेको फोटोको बैज्ञानिक अवलोकन शुद्ध नेपालीमा-


चित्रको बनावट र आकारले समग्रमा चित्रको वस्तुगत तिव्रता परावर्तन गरिरहेको छ। एउटै आयतन भएका दुईवटा गिलाँसहरुको रंग संयोजन भने भिन्न छन्। करिव आधि मदीराले भरिएको गिलाँसमा मदीराको सतहमा तरलको सतह संकुचनले गर्दा बनेका हावाका मसिना थोपाहरुको संग्रह वा फिँजले चरम बहुआयामिक चरम आन्तरिक परावर्तन गर्दा फिँजको रंग तरलको रंग भन्दा सेतो वा फिका देखिन गएको छ। उक्त फिका रंगले उक्त गिलाँसमा आधि भरिएको सम्पूर्ण तरललाई तरलको वास्तविक रंग भन्दा फिका देखाएको दृष्टिभ्रम हुन्छ जबकि अर्को गिलाँमा भएको तरलको रंग गाढा छ। यसबाट के प्रमाणित हुन्छ भने, एउटै तरलको पनि आयतन र प्रकाश परावर्तन आवर्तन हुने दिशको कारणले दृष्टिभ्रमको सृजना हुनगई फरक रंगको देखिन्छ। यस चित्रमा दुईवटा विषयहरु (मानिसहरु)ले दुईवटा वस्तुहरु (गिलाँसहरु) समातिरहेका छन्। दायाँपट्टिको विषय जसको पोशाकमा याक भनिने गाई समूहको प्राणिको चित्र छ, त्यसले तल रिकापिमा राखिएका ठोस पदार्थ वा गिलाँसमा भरिएको तरल पदार्थमा खासै कुनै रुचि नदेखाएको देखिन्छ किनकि लगभग सबै पदार्थहरु अलिकता पनि घटेका छैनन्। तर बायाँपट्टिको बिषयले ठोस पदार्थहरु पहिलेनै उदरस्थ गरिसकेको देखिन्छ। यसबाट के प्रमाणित हुन्छ भने बायाँपट्टिको बिषयको जठराग्नि निकै प्रदिप्त छ जबकि दायाँपट्टिको बिषयको चयापचय कृयामा केहि अबरोध भएको हुन सक्छ। केवल यो चित्र हेरेर मात्र दुवै विषयको यो कृयाबारे कुनै निष्कर्शमा पुग्न गाह्रो हुने भएता पनि, विषयहरुको हात पाखुराको अवलोकन गर्दा दायाँपट्टिको बिषयको हातपाखुरामा रौँहरु प्रशस्त देखिएको तर बायाँपट्टिको बिषयको हातपाखुरा भने लगभग मरुभुमिप्राय: देखिन्छ। यो चित्र अवलोकन बाट बिषयहरुले उदरस्थ गर्ने ठोस तथा तरल पदार्थ बिषयहरुको हातपाखुराको रौँ संयोजनसंग अनुक्रमानुपाती हुन्छ भन्न सकिन्छ। अब आयो रौँ संयोजनको कुरा , हामिलाई थाहा भएकै हो रौँ संयोजन आनुवांशिकी कुरा हो, त्यसैले यो प्रमाणित हुन्छ कि ठोस तथा तरल पदार्थ ग्रहण गर्ने गुण आनुबाँशिकि संग अनुक्रमानुपाती हुन्। एउटा तथ्यमा भने अर्को निश्चयात्मक प्रयोग गर्न पर्ने देखिन्छ। आनुवाँशिकि अनुसार दाहिनेपट्टिको बिषय भन्दा देब्रेपट्टिको बिषय बढि चिप्लो देखिन्छ जबकि दाहिनेपट्टिको बिषयलाई 'चिप्ले' भन्दछन, छैन त अचम्मको कुरा?

Read Full Discussion Thread for this article