Posted by: dipika02 November 19, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

हाजिर गर्न आको भनु भने मिस दिदीले गयल भा दिन गनी गनी फयल पार्दिने होला। सँगै पढेका साथीहरु दस मा पुग्ने बेला भईसक्यो आफुलाई चै फेरी २ कक्षामा घुँडा घुँडा सम्म नि आउन ढल्मल हुने सिँगाने भुरा हरु सँग राखिदिने होला। तेस्ता भुराहरु सँग बसेर बारखरी त पढ्दिन म। पढेर को ठुलो भा छ र? म त नमस्कार गरेर टाप ठोक्ने हो


नमस्कार गरेँ है सबैलाई। हिजो छिर्छु भनेको मिलेन त्यसैले आज चै सम्झेर आको है म। 


ए रिट्ठे लौ न बौचा ले के भनेको त्यस्तो, दाम छ रे नि त गालामा। दाम त खुरुक्क पाइट को चोर खल्तिमा लुकाउनु पो पर्छ गालामा टाँसेर हिंड्ने हो त? जमाना खराब छ साथी। तेत्तिको लागि  सुइकाइदेलान है फेरी। होस् पुराएस।

Read Full Discussion Thread for this article