Posted by: Geology Tiger November 17, 2009
नेवा राज्यः सभ्यताको हाराकिरी by Saurav
Login in to Rate this Post:     0       ?        

संयोगबस एक चोटि डा. स्वामी प्रपन्नाचर्यको ग्रन्थ 'बेदमा के छ?' पढ्ने मौका पाएको थिए। सुरुमा जुन उत्साहले पढ्न सुरु गरेको थिए त्यो उत्साह लामो समय टिक्न पाएन। डाक्टर साहेबको ग्रन्थ ईतिहास, धर्म, दर्शन र संस्क्रिती खोतल्न भन्दा पनि पुर्बिय र पश्चिमा समाजमा बिकास भएको प्राबिधिको तुलना गर्नैमा बढी खर्च भएको पाएँ। उहाँ हरेक हिसाबले पश्चिमा भन्दा पुर्बिय समाज उन्नत देखाउन चाहनु हुन्छ भन्ने लाग्यो: यी पश्चिमाहरुले हवाइजहाज बनाए त के भयो हामीसँग पहिले नै पुष्पक बिमान थियो। यसरी पक्षपाती भएर लेखिए पछी यथार्थ कसरी बाहिर आउँछ?


एक प्रकारको भौगोलिक नक्सा जस्लाई topographic map भनिन्छ त्यस्लाई बनाउँदा बिभिन्न स्थानहरुको भौगोलिक उचाई दिइन्छ, अनी नक्सा बनाउने नियम हुन्छ समान उचाई भएका बिन्दुहरुलाई जोड्ने रेखा बनाउने, जुन रेखालाई contour line पनि भन्ने गरिन्छ। नक्सा बनाउनेले रेखाहरु जता पनि लैजान सक्छ मात्र उस्ले याद गर्नु पर्छ दुई फरक उचाई भएका contour line हरु एक आपसमा काटिदैनन्।


मलाई हाम्रा ईतिहासहरुको लेखन पढ्दै उनिहरुले यस्तै contour line हरु खिच्न खोजे जस्तो लाग्छ, उनिहरुसँग स-साना तथ्यहरु हुन्छन् अनी ति तथ्यहरुलाई हाम्रा ईतिहासकारहरु आफ्नै हिसाबले जोड्छन् contour line जोडे जस्तै तर कतिपए अवस्थामा उनिहरुले जोडेका ति रेखाहरुले एकले अर्कोलाई मजाले काटी रहेका हुन्छन्। उनिहरुलाई कहिले पनि लाग्दैन कि यी तथ्यहरुलाई बयान गर्ने अरु बिकल्पहरु पनि हुन्छन्, उनिहरु एउटै ब्याखानबाट ग्रसित हुन्छन् र जबर्दस्ती त्यस्लाई प्रमाणित गर्न लागि पर्छन्, द्वन्दात्मक भौतिकवादको प्रयोग त ईतिहास अझ भनु शंकास्पद ईतिहसको लेखनमा पनि हुनु पर्ने हो। राजा बिरेन्द्रको परिवारको हत्या कस्ले गरेको हो? सही जवाफ कसैसँग छैन तर कसैलाई जसरी पनि पूर्व राजा ज्ञानेद्र र पूर्व युबराज पारसलाई हत्यारा सिद्द गर्नु परेको छ भने कसैलाई चाँही जसरी पनि तत्कालिन युबराज दीपेन्द्रलाई नै हत्यारा सिद्द गर्नु परेको छ। सबै किसिमको सम्भाबनाको खोजी गर्ने चासो कसैलाई पनि छैन।


जातिय आधारमा राज्य बिभाजन गर्ने नचाहिने हल्ला जब सुनिन्छ तब लाग्छ राजा महेन्द्रले एक किसिमले ठीक गरेका हुन् जातिहरुको बसाईसराई गराएर, मैले प्रसँगबस आफ्नो अमेरिकी गुरुआमालाई सोधे किन यत्रो बिशाल अमेरिकामा जातिय राज्यहरु छैनन्? उनले भनिन् किनकी अमेरिकाको हरेक राज्यमा कुनै एउटा जातिको बाहुल्यता छैन, भलै कालाहरु माथि अझै पनि भेदभाब कायम रहेको होस् काला र गोराको छुट्टा छुट्टै राज्य हुने स्थिती अमेरिकामा छैन। नेपालमा पनि कुनै पनि भुभागमा एउटै जातिको बर्चस्व छैन तर पनि नेताहरु जातिय राज्य को वाहियात नारा लगाइ रहेका छन्। हो धेरै जनजातीहरु पछी परेका छन् त्यसो भए उनिहरुलाई शिक्षित हुने अबसर दिए भयो नि त, एउटा गरीबको छोरोलाई बाख्रो गोठलो नपठाएर स्कुल पठाउन त्यो परिवारलाई उचित आयस्रोतको व्यवस्था मिलाउन सके पो हुन्छ अनाबस्यक द्वन्द जातिय बिभाजन चर्काएर के हुन्छ? खाली नेतालाई मोज हुन्छ।

Read Full Discussion Thread for this article