Posted by: chanty399 November 17, 2009
प्रधान मन्त्री मालामाल
Login in to Rate this Post:     0       ?        

पर्सा सिडिओको सरुवा


 

काठमाडौं/ सरकारले अन्ततः पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई त्यहाँबाट हटाएर मन्त्रालयकै सहसचिव यादव कोइरालालाई पठाएको छ ।

कोइरालालाई मंगलबारदेखि काम गर्नेगरी पर्साको प्रमुख जिल्ला अधिकारीको रूपमा पठाउने निर्णय सोमबार गृह मन्त्रालयले गरेको हो ।

प्रजिअ भण्डारीमाथि २४ कात्तिकमा कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले कुटपिट गरेकी थिइन् । त्यसको विरोधमा पर्सालगायत देशभरका कर्मचारी आन्दोलित रहँदै आएका छन् । कर्मचारीले सिडिओ कुटपिट गर्ने मन्त्रीमाथि कडा कारबाहीको माग गर्दै आए पनि सरकारले मन्त्रीलाई कारबाही गर्नुको सट्टा उल्टै प्रमुख जिल्ला अधिकारी भण्डारीलाई मन्त्रालय तानेको छ । स्रोतका अनुसार मन्त्रालयले शर्माको इच्छाविपरीत मन्त्रालय हाजिर गराएको हो । मन्त्रालयले उनलाई हाजिर गराएलगत्तै उनी आइतबारदेखि नै एक हप्ताको बिदामा बसेका छन् । मन्त्रालयका प्रवक्ता जयमुकुन्द खनालले शर्मा एक हप्ताका लागि बिदा बसेको जानकारी दिएका छन् । उनी पर्सामै रहँदा राज्यमन्त्री बेगममाथि कारबाहीको दबाब बढ्ने भएकाले सरकारले उनलाई त्यहाँबाट हटाएको मन्त्रालयस्रोतको दाबी छ ।


Read Full Discussion Thread for this article