Posted by: pokhari November 16, 2009
नेवा राज्यः सभ्यताको हाराकिरी by Saurav
Login in to Rate this Post:     0       ?        
Very Nice Article by Saurav on Newar civilization that every Nepali should be proud of. Newar is what but a mixture of most races of Nepal.


नेवा राज्यः सभ्यताको हाराकिरी

http://www.ekantipur.com/np/news/news-detail.php?news_id=302159

काठमाडौं, २०६६ मंसिर १ - 'ने वारहरू लसुन गन्हाउँछन्'- पश्चिमले
लेख्यो (हेमिल्टन २२९) । तर तिनलाई के थाहा ? लसुनको विशद बयान एउटै
पुस्तकमा थियो र त्यो पुस्तकको एउटै मात्र पृथ्वीमा जीवितप्रति
नेवारहरूसँग मात्र थियो- कश्यप संहिता । जसले मह काढ्यो उसले हात चाट्यो ।
आज भारतले वराहमिहिरको जुन बृहत् संहिता प्रकाशित गरेको छ, त्यो
नेवारहरूकै सम्पदा थियो । भूमिकामै लेखिएको छ- प्राण मल्लको समयको
प्रतिलिपि हो । वाल्मीकि रामायणका दुई प्राचीनतम लिखित रूपमध्येको एउटा
नेवारहरूकै परम्पराबाट संग्रहित भएको हो । नेपालबाट चोरी भएर दिल्लीमा
निस्केको फिरदौशीको सुवणर्ाक्षरयुक्त शाहनामा पनि नेवारहरूकै संग्रह
परम्पराको हो । 'आशा सफू कुथी' को के कुरा ? अलेक्जेन्डि्रयासँगै उसको
पुस्तकालय जलेर ध्वस्त भयो । तर नेवारहरूको ज्ञान परम्परा टुटेन ।
नालन्दासँगै उसको पुस्तकालय जलेर ध्वस्त भयो, तर नेवारहरूको ज्ञान
संग्रहको परम्परा बिथोलिएन ।


गएको मे महिनामा बसन्तपुरको गरुड नारायण मन्दिरको पूर्वी सिँढीबाट नेवा
स्वायत्त राज्यको माग गरिँदै काठमाडौंमा तोडफोड भएको दृश्य टेलिभिजनमा
हेर्दा पंक्तिकार रोल्पाको सुलिवाङमा थियो- माओवादी आन्दोलन सुरु भएको
थवाङ पुग्न पहिलो पाइला चाल्दै गर्दा । बाँचिरहे अनेक देख्न पाइन्छ
चरितार्थ भएको थियो । सिँढीमा बसेका नेता नामधारी परिचित अनुहारहरू सही
ठाउँमा विराजमान थिए । किनभने मन्दिरपछाडिको गरुडको एउटा कानमा लगाएको
गहना अर्कोसँग पटक्कै मिल्दैन । यो कुनै पनि पाठकले त्यहाँ पुगेर हेरे
हुन्छ । नभन्दै गरुडका अगुवा यी अनुहारहरूमध्ये कैयन एकातिर वामपन्थी र
अर्कोतिर पि|mटिवेटका भूमिगत उन्नायकहरू हुन् भनेर जगत जान्दछ । लाग्यो
त्यो नालन्दा र अलेक्जेन्डि्रयालाई माथ गर्ने नेवार प्रज्ञा चक्षु आज बन्द
भएको छ ।


चार सय वर्षसम्म दिनको ५५ वर्गमाइलका दरले रूसको विस्तार भएको थियो-
सोभियत संघ बनेर फुट्नुअघि । त्यसैगरी कैंयौं शताब्दीसम्मको अनवरत
संघर्षले पाँचांै शताब्दीमा पुगेर समुद्र गुप्तले आसामदेखि कुमाउसम्मको
भनेर तोकेको र हुयन साङले चार हजार लि को भनेर तय गरेको अर्थात् महाचीन र
महाभारतले टाउको झुकाएको त्यस विशाल नेपाललाई- एउटी मेरी श्लशर शेपर्ड नाम
गरेकी मिमसाहेबलेे 'नेपाल मण्डला' शीर्षकका दुई खण्ड के लेखिदिइन्-
'नेपाल' भनेको उपत्यकाका तीन सहर र त्यसवरिपरिका १२ गाउँ मात्रै हो भनेर
केही मुठ्ठीभरहरूबाट खुम्च्याउने कसरत भइरहेको छ । जबकि स्वयम् नेवारहरूले
त्यस पुस्तकलाई 'लिमिट अफ सर्फ]{ आर्कियलजी' भन्ने संज्ञा दिइसके । तर
आसामदेखि कुमाउसम्मको नेपाल संज्ञावाची 'नेपाल भाषा' पनि भन्नुपरेको छ,
नेपाल संवत् पनि भन्नुपरेको


छ । यो के अंग्रेजीको 'शिक्षित तर निरक्षर' चरितार्थ गर्नु होइन ?


गोपाल सिंह नेपालीले 'नेवार्स' मा भारतको 'नायर' सँग मिल्ने के संकेत
गरिदिए, कुलचन्द्र कोइरालाले ६० वर्षअघिसम्म नायरहरूको पनि बेलविवाह
हुन्थ्यो के लेखिदिए २३ सय वर्षअघि नै नेपाल उल्लेख गरेर कौटिल्यले दिएको
पाँच लाख वर्ग किलोमिटरभन्दा बढी भूभागको प्राचीनता त्यहाँ गौण भयो ।
नेपालेच्छु -नेपाली उखु) लेख्ने सुश्रुत र नेपाल उल्लेख गर्ने भरत
नाट्यमका भरतलाई ईशाभन्दा हजार वर्षअघिका भनेर भोलि सावित गरियो भने त
कुरै छोडौं । जबकि भारतको उत्तर प्रदेशस्थित मानपुरदेखि पाकिस्तानको
सतकादेन डोरसम्म चार लाख असी हजार वर्ग किलोमिटरमा विस्तारित सभ्यता
हडप्पा सभ्यता हुन पुगेको छ । चीनले नेपालका बाघ सकेपछि हामीले छतमाथिको
विरालो देखाएर यही हो बाघ भनेको भन्दै भावी सन्तानलाई चिनाउने दिन आउनु
कुन आश्चर्य भयो र ? आखिर ७ हजार वर्षअघिको जलाशययुक्त उपत्यकालाई हामीले
टौदहमा हेर्ने गरेकै हो ।


'कैंयौं शताब्दीपछि' भन्ने वाक्यांश माथि त्यसै लेखिएको होइन । विशुद्ध
विज्ञानले अन्यथा सावित गरेन भने 'उत्तम खेती मध्यम व्यापार, अघम नोकरी',
का आधारमा नेवार 'हाइरार्की' को सबैभन्दा सम्मानित वर्ग ज्यापू उपत्यकाको
आदिखस हुनुपर्छ भन्ने पंक्तिकारलाई लाग्छ । गथामुगको श्रृंगारिक र
भावनात्मक रूप तामाङ परम्परा हो भनेर स्पष्टै देखिन्छ । वनमालाहरू चीनबाट
आएका हुन् भनेर मालाकारहरूले पटकपटक भनेको यही कानले सुनेको हो ।
ईशापूर्वको तेस्रो शताब्दीमा नै उपत्यकामा तराईबाट बज्जी र कोलीहरू ओइरिए
भनेर प्रमाणित नै छ । जयस्थिति मल्ल स्वयम् तराईबाट उपत्यका आएका 'डोला'
हुन् र त्यसैले नेवारहरू राजालाई ठकुजुजु -ठकुरी राजा) भन्छन् भन्ने लिखित
कुरा नै हो अर्थात् के खस, के किरात, के बज्जी नेवार एउटा जाति होइन,
संस्कृति हो भन्ने स्पष्ट भएकैले नेपाली कांग्रेसका ओमकार श्रेष्ठलगायतले
नेपाल जनजाति महासंघको सूचीमा नपार्न विरोध गरेर सचेत 'ज्ञान चक्षु'
दर्शाएकै हो र नेवारहरूलाई पनि त्यो सूचीमा सामेल गर्न पाए हामीलाई सजिलो
पर्छ भनेर जातीय साम्प्रदायिकहरूले त्यो बेला छापामा भनेकै हुन् ।


र 'केही मुठ्ठीभर' पनि माथि त्यसै लेखिएको होइन । इस्वीको १८१८ मा
काठमाडौंको क्षेत्रपाटीबाट भक्तबहादुर नगरकोटी जुम्ला पुगे । सन् १७७० मा
भक्तपुरबाट अवधूत मल्ल बाग्लुङ पुगे । इलामदेखि चैनपुर, बन्दीपुरदेखि
सल्यान र दोधारासम्म पुग्ने क्रम त कायमै थियो । हुँदाहुँदा एक 'महर्जन'
१९१९ मा बजिरिस्तानको युद्धस्थलमा पनि पुगे- ज्यानमारा खैबर होस् वा वोलान
पास पार गरेर । त्यसपछि वर्माको आराकानदेखि नागाल्यान्डको कोहिमा, चुम्बी
उपत्यकादेखि सतलजसम्म बन्द व्यापारको उद्देश्यले फैलिएको नेवार
'डायस्पोरा' लाई उपत्यकाभित्रै थन्क्याउन पुग्नु/तिनले आत्मसात गरेको
नेपाललाई अस्वीकार गर्नु/तिनलाई नेवार नै भन्न नचाहनु वा काठमाडौंमा
पटकपटक सुनिने 'पाखे नेवार' भन्नु ए एवम् सी क्लासको भन्ने चरम सामन्तवादी
राणा वर्गीकरणभन्दा के फरक भयो ? जबकि तिनको योगदान व्यापारिक उद्देश्यका
दृष्टिले जापानको सन्दर्भमा म्याथ्यु पेरीको, लेटिन अमेरिकाको सन्दर्भमा
पिजारोको, अपि|mकाको सन्दर्भमा लिभिङस्टोनको वा मध्य एसियाको सन्दर्भमा
मुराविएभको भन्दा कम अग्रणी रहेको छैन, उपत्यकाको 'चिसो ढुंगामा खेलखाल
गरिरहनेहरू' का के कुरा ?


दुइटा उदाहरण लिऊ । गढवालको नगरकोटबाट पाँच सय क्षेत्रीहरूलाई जयप्रकाश
मल्लले झिकाए युद्धमोर्चामा खटाउन । तर उपत्यकाको सामन्ती नेवार समाजले
नगरकोटीलाई समाजको तल्लो 'स्टार्टा' मा लगेर


राखिदियो । ती क्षेत्रीहरू भक्तबहादुर जस्तै जुम्ला मात्र लागेनन् ।
उत्तरपूर्वी भारतको युद्ध मैदानमा डट्न पुगे र सैनिकलाई दिइने सर्वोच्चतम
बेलायती पदक वीरवल नगरकोटीले प्राप्त गरे । १८५४ भन्दा अघि नै । जतिबेला
भिक्टोरियाक्रसको अस्तित्व नै थिएन । किनभने क्राइमियाको युद्ध भएको थिएन
र भिक्टोरियाक्रस बनाउने धातुको निम्ति रूसी तोपहरू लुटिएकै थिएनन् । आज
आफूले मात्रै सर्वोच्चतम सैनिक पदक पाएजस्तो गर्ने नेपालका समुदायभन्दा
नेवारहरू कम थिए ?


दलितहरूको सूचीमा खड्गी र नापितहरूले आफूलाई पार्न चाहेनन् । घोर विरोध
भयो । नभन्दै आन्ध्रप्रदेशमा मन्त्री हुने खड्गी दलित नेवार होइनन् ।
अर्थात् गोपाल वंशावली नै गलत हो, खड्गीलाई एघारौं शताब्दीमा नेपाल आएको
भनिदिने । राँगोको मासु खान त २ हजार वर्षअघि नै सुरु भइसकेको थियो । नयाँ
पेसा लिने र नवागन्तुकलाई समाजको तल्लो 'स्टार्टा' मा राख्ने, सहर बाहिर
बस्तीमा धकेलिदिने त चोखाछँे गल्लीको परम्परा नै हो । न बाहिर गएकालाई
भाइबन्धु भनेर स्वीकार्ने, न भित्रिएकालाई । अनि घट्दै गएर असन
इन्द्रचोकमा सीमित नभएर के गर्ने ?


तैपनि सआदत खानले लखनौभरि 'वाग' शब्दमा मात्रै अन्त हुने स्थान नामहरूको
संस्कृति दिनुभन्दा एक हजार वर्षअघि नै उपत्यकामा लिच्छविहरूले बगैँचा
मात्र होइन बारी र खेतसम्मका आ-आफ्नै छुट्टै नाम हुने र प्रत्येकका
नामान्तमा वाटिका शब्द हुने प्रचलन दिए । जसलाई मल्लहरूले पनि कायम राखे ।
सारा घरमा गजुर हुन्थे । मानौं प्रत्येक घर एउटा 'मानव मन्दिर' थियो-
अंग्रेजीको भित्री मूल्यसहितको 'होम' सरह । सौन्दर्यशास्त्रको भौतिक आयाम
सभ्यताको चुलीमा मात्र प्राप्त हुन्छ ।


रोड ग्यावर्स र सी.भदेत्रोले नेपाली मुद्रालाई विश्वका सुन्दरतम
मुद्रामध्येको एकमा गनेकै छन् । जुन नेवार परम्पराकै हो । नाप तौलको नेवार
परम्परालाई सारफ्धरबाट ज्ञान लिनुपरेको थियो र ?


जब काठमाडौं र पाटनका राजाले आफूसँग भएका बहुमूल्य वस्तुहरू देखाए,
भक्तपुरका राजाले संकलित बीउहरू सम्पत्तिका रूपमा देखाए लेखिएकै छ ।
अर्थात् आज 'बायोडाइभर्सिटी' का नाममा धान र मकैका 'जर्म प्ल्ााज्म'
जगेर्नाका निम्ति फिलिपिन्सको इरी र मेक्सिकोको सिमिटसम्म पठाउनु तीन सय
वर्षअघि नै त्यसको चेतना नेवारहरूमा थियो ।


म्याक्सवेबरियन शैलीमा कृषि उत्पादनमा अत्यधिक परिमाण हासिल गरिएपछि
औद्योगीकरणमा लाग्न सजिलो हुन्छ- आधुनिक अर्थशास्त्रले यस तर्कको निम्ति
जापानलाई देखाउँछ, तर जापानलाई पनि त्यस अंकमा ज्यापूहरूले उछिनेको तथ्य
'फ्याटालिज्म एन्ड डेभलपमेन्ट' मै छ ।


घ्यूमा बन्ने हरियो मोल्ड सयौं वर्षमा कालो हुन्छ- कालसर्पी । ईशाको
दोस्रो मिलेनियममा त्यसलाई 'एन्टिबायोटिक' भनेर पश्चिमले पत्ता लगाउनुअघि
उपत्यकामा कालसर्पी कम्तीमा २ हजार वर्षदेखि प्रयोग


हुन्थ्यो । तीसँग एन्टिबायोटिक भन्ने 'जार्गोन' थिएन, त्यति न हो ।


सयौं किसिमको थर विभाजन गरे जयस्थिति मल्लले भनेर अरूले होच्याउँदा ती चुप
लाग्छन् । तर ती भन्न सक्दैनन्- त्यसमा हदसम्मको सूक्ष्म श्रम विभाजन
गर्ने पद्धति पश्चिमा व्यवस्थापन प्रणालीसँग त्यो युगमा थियो ?


यसरी आफ्नो सभ्यतालाई सभ्यता भनेर नचिनेर मात्र संस्कृति भनेर अवमूल्यन
गर्ने उपत्यकाका मुठ्ठीभर 'डेकाडेन्ट' हरूको मूर्खताकै निम्ति पाकिस्तानका
अर्थमन्त्री महबुव हकले 'मानव विकास सूचकांक' तर्जुमा गरेको र आधुनिक
नेपाली अर्थशास्त्री र योजनाकारहरूले त्यस सूचकांकको एक नम्बरमा
नेवारहरूलाई राखेको हो ? यही हो चेतना र प्रगतिको २१ औं शताब्दी सुहाउँदो
आयाम ? आज बुद्धकालीन १६ महाजन पदहरू कहाँ छन् नामको अवशेष बाहेक ? हडप्पा
सभ्यताको हालत के छ ? जो नेवारहरू हडप्पाभन्दा ठूलो आजको विस्तारित नेवार
सभ्यतालाई जामुन गुभाजुको किंवदन्तीमा सीमित गर्न चाहन्छन् ।


यसै पनि पञ्चायतकालीन दोस्रो मन्त्रिपरिषद्बाट सोझै सुरु हुनुभन्दा
अघिदेखि नै पश्चिम नेपाल र पूर्वी नेपाल सामाजिक रूपमा विभाजित छ ।
पश्चिमबाट उठेको माओवादी विद्रोह संयोगमात्र होइन । त्यसमाथि उपत्यका
केन्दि्रत नेवार सभ्यताका दायाँ खस प्रधान र बायाँ किरात प्रधान नश्लीय
नेपाल छ । त्यहाँनेर सभ्यताको छाता ओढाएर नेवारहरूले नेपाललाई जातीय,
धार्मिक, नश्लीय आधारमा टुट्न नदिएर युगीन जिम्मेवारी बहन गर्ने हो कि
आफंै लुटको सदावर्तमा होमिएको मानसिक रूपमै एक 'सहरी गरिब' सावित हुने हो ?


ऋग्वैदिक व्याँपूजा, बृहदारण्यकोपनिषदको दर्शनमा आधारित क्वााटिपुन्ही,
ब्रम्हवैवर्तमा आधारित 'पलेस्वाँया ज्योँना लप्ते' त छँदै छ ।
मार्कण्येयमा आधारित प्रसादको रूपमा राँगो खाने उनीहरूको परम्परालाई हेय
गर्नुपर्ने कारण पनि छैन । किनभने बोका स्वयम् दक्षप्रजापति/दायोनिशश
अर्थात् बोक्सेरोदेवको मासु हो । बुझ्ने नेवारहरू पलेस्वाँ समातेका
ज्ञानीका रूपमा छन् अति थोरै, नबुझेकाहरू खिचा पलेस्वाँमा रमाइरहेका छन् ।
आज रमिता छ ।


राजगद्दीको दाबेदार 'सिरिक माताक' ले सिंहानुकको हत्या गर्ने आदेश
लोननोललाई दिएको थियो । क्याम्बोडियामा आएको भीषण राजनीतिक अस्थिरताको
कारण यो पनि थियो । मनिभोङको गद्दीका तीन भिन्नभिन्न परिवारका दाबेदार
राजकुमारका कारण लाओसले पनि गृहयुद्ध बेहोर्‍यो वामपन्थी क्रान्तिका नाममा
। केहीलाई शाह नभइदिए हामी 'मल्ल' गद्दीमा बस्थ्यौ भन्ने लागेको आक्रोश
देखिन्छ । तर जर्मनीका १३ सय रजौटा राज्यहरू, चीनका झन्डै ७ सय राज्यहरू,
भारतका ५६५ राज्यहरू आज खोई ? विजय 'मल्ल ' ले छोरीलाई मानचित्र पढाउनु १२
सय वर्षअघि नै एउटा सानो गढवालमै ५८ वटा राज्य विलिन भइसकेका थिए ।
अग्राधिकारको खोजीले राजतन्त्र गएको छ, नखोजेको भए रहन्थ्यो भन्ने उदाहरण
नेवारका निम्ति यहाँनेर प्रशस्त छ ।


मोहन शमशेर राणाले १९५० को सन्धिले 'सबै भारतीय नेपाली हुन्, सबै नेपाली
भारतीय हुन्' बनाइदिएथे । वीरेन्द्रले २०३७ मा सबै नेपाली पञ्च हुन्, सबै
पञ्च नेपाली हुन् बनाइदिए । नेवा राज्यले नेवार सभ्यता भनेको फोसिल हो,
फोसिल भनेको नेवार सभ्यता हो भन्ने भनाइ बनाइदिने छ । जबकि सबै नेपाली
नेवार हुन्, सबै नेवार नेपाली हुन् भन्ने मान्यता बन्नुपथ्र्यो । वाग्मती
सभ्यताको नाममा आफ्नो पुर्खाको सभ्यतालाई हडप्पाभन्दा पर लान खोजिरहेको
एउटै नेवार हाम्रासामु छ- हुतराम वैद्य जसलाई म नान्यदेवको भाइको सन्तान
कणर्ाटकी हुँ भन्नलाई त्यहीं र्फकनुपरेको छैन । अरू त सबै नारायणगोपाल
गुरुवाचार्यको गीत गरुड नारायण मन्दिरअघि गुनगुनाइरहेछन्- आज म मुर्दा
भएको हेर !

Read Full Discussion Thread for this article