Posted by: syanjali November 11, 2009
पैसा कमाउने idea छ की ?
Login in to Rate this Post:     0       ?        
हन त्यो सरकारी जागिर खाएको बेलामा हुने कामलाई पनि दस वटा बखेडा देखाएर , हाकिमको दस्तखत पार्ने एउटै उपाय छ , पशुपतिनाथमा भट्ट लाई दान गरे झै यहाँ पनि दक्षिणा कमाउने काममा पछी परे पछी, छोरा छोरीलाई अमेरिका पठाउन नसक्ने हैसियत भए पछी ( काठमान्डौ मा धौले घर चाँही बनाउनु नै भएको छ जस्तो छ नि ), पाजेरो नभए पनि भारतीय  सुजुकी कार मा घरकी महारानीलाई घुमाउन नसके पछी तेस्माथि हाकिम्नी साब लाई युबा बाट प्रौड को भरेङ उक्ले पछी, राष्ट्र बैन्क बाट नयाँ नयाँ हर र बस्ना आउने हात्ती का नोटका गड्डी दैनिक सरक सरक गरेर गन्न नपाउदा (त्यो पनि बडौतिमा घटौतिमा होइननी ) कच कच् मात्रै सुन्नु पर्‍यो भने कुनै महाभारत सुरु नभएको ठान्नुस् ,

लौ सुन्नुस् स्याङ्जाली को कथा , आफ्नी त  माद्यामिक पढदा पदै गरेकी बिहे गरेको हो , मकै च्याख्ला बाट टिका ( चामल ) खुवाउने बनाए , साइकल बाट भट भटे पनि चाडाए , खोली बाट भुइ तले दर्वार मा बसाए, दुबै छोराtलाई इङिनियर पनि बनाइयो, खै के नपुगेको दैनिक घुर्की देखाएर हैरान छ , कानमा खुसुक्क भन्छु है हैरान त एस्ले पो बनायो , उमेर ले जे भने पनि यो उत्पादन मेसिनले पो मार्यो, बेला न कुबेला बजी नैला भने झै , बेला बेला जङी रहन्छ अनी बुडी भने ओछ्यान मात्रै फरक हैन अर्को कोठामा एत्रामको गजबार थोकेर सुतिदिन्छे .

तपाईंको त कच कच पैसामा मात्रै सिमित रहेछ, खच खच थपिए को भए तपाईंलाई जिउदै स्वर्ग भनौ को नर्क भनौ , गए जस्तो हुन्थ्यो .
Read Full Discussion Thread for this article