Posted by: perfectionist November 10, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        
चौतारी समाजको अत्यन्त जरुरी सुचना
(ब्रेकिङ न्युज)

चौतारीका भु-पु स्वघोसित रस रङ प्रधान लहरे लिग-लिगे लुरेकान्त लाकौल ले, केइ क्षण अगाडि प्रेसित गरेका भ्रामक कथाको खण्डन गर्दै सत्य तथ्य  यहाँहरुको सामुन्ने ल्याउन्दै छु।  

चौतारीका नामुद कुख्यात गुण्डा लहरे लिग-लिगे लुरेकान्त लाकौल र उनका १० मुखौटा मिलेर श्री पर्फेकस्निस्ट उर्फ पुरे माथि संघतिक हमलाको दुस्प्रयास गरेको तर श्री पर्फेकस्निस्टले ती गुण्डाहरुकै राम धुलाई गरी पठाएर कार्यालयमा आफ्नो नियमित कार्य गरी बसेका थिए। तर तेइ मौकाको  फाईदा उठाउँदै त्यो पाटकी लहरेले सोझा साझा अवातारिहरु सँग श्री पर्फेकस्निस्ट सख्त घाइटे भाको भनी भ्रामक समाचार सम्प्रेसन गरी चन्दा उसुलेको थाहा हुन आको छ। सब सोझा साझा जनताले सत्य तथ्य नबुझी, मायाको भावनाले भनेर देको लाखौंको धन-रासी त्यो बज्ये लहरेले मोज मस्तीमा उडाइ सकेको पनि खबर प्राप्त हुन आको छ।  

तसर्थ अब उप्रान्त यो लहरेको कुरो रत्ती भर पनि नपत्याउनु भनी एइ सुचना मार्फत सुचित गर्न चाहन्छौँ!

चौतारी युवा समाजका तर्फबाट
पर्फेकस्निस्ट
Read Full Discussion Thread for this article