एक चोटि के -- घरमा शनिबार बिहान् काम लगाए---यो गर् र त्यो गर् भन्दै --- मेरो पालो--"ह्या म भ्याउदिन--पस्पती जानु छ मेरो--अब साथीहरु आउने बेला भैसक्यो भन्दें -- --"
अनि मलाई "तँ सधैं शनिबार किन जान्छस पस्पती" रे?
"अरु दिन स्कुल जानु पर्छ अनि कैले जाने त?" भन्दिएँ मैले पनि---ठीक गरीन त?
"पस्पतिमा के गर्न जान्छस? तँ आउछस कि आउँदैनस भनेर पस्पती हाजिर् कापी लिएर बस्या छन र तलाई एक दिन गयल परिएला भन्ने डर?" भने--
मैले झट्ट सम्झें --गयल त आँफै भैन्थ्यो नी पस्पती नगएर--आफ्नै मन्को हाजिर् कापिमा--आफु गैएन भने साथीहरु ले फर्किने बित्तिकै--"यार आज त तैले खत्तम गरिस नी--भाग्गेमा नभए पछी तेरै जस्तो परेर आउने--अस्ती देखी हेरिरा केटी थियिन?-- आज थप साथीहरु सँग आएकी थियि--उसैले आएर चन्दन दियी नी आज" .. भन्थे---होइन जस्तो लागे नि--थुक्क भन्या जस्तो त भैहल्थ्यो नी--तेसैले घरमा अलि ठुलो स्वरमा भनें--मलाई अरु कुरा थाहा छैन --पस्पति नगै त हुन्न--
*******
अब भोली नी शनिबार त आयो नी --साथीहरु कता पुगे -- पस्पति उतै छुटे ---चन्दन दिनेले छोराको बर्तमान गरी होला -- अब के गर्नु लौ? बिजोग भो, जवानी मै।