Posted by: Birkhe_Maila November 4, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

राशिफल-


ठूल्दाई- ठूल्दाईको नाम 'ठ' बाट आऊने भएकोले यो महिना 'ठ' सम्बन्धि नै ठुला ठूला कुरा हुने योगका साथसाथै कसैले ठूल्दाईलाई औँला ठड्याऊने सम्भावना पनि त्यत्तिकै छ। ठुला ठुला महलमा घएर ठुलाबडा संग भेटघाटको योग छ भने,खान लागेको चिकनले ठुङ्ग्न आउने संभावना पनि प्रवल छ। ठिटा तथा ठिटिहरुको उत्तिकै माया पाऊनुहुने हुँदा ठिटाको मायामा कसैले प्रश्नचिन्ह नलगाए पनि ठिटिको माया देखेर भाउजुको ठुलो झटारो खाने योग छ। ठुल्दाईलाई सधैँ साथ दिँदै आएको 'अनुभव' नक्षत्र शनीको देब्रेपट्टि परेको हुँदा ठुल्दाईका अनुभवहरु मध्येकै ठुलो अनुभव चिलिममा पनि ठुल्दाई मारमा पर्नुहुने संभावना छ,अर्थात पूर्ण चिलिमको सट्टामा ठुल्दाई केवल ठुटोबाट सन्ठुष्ठ आच्या संतुष्ट हुनुपर्ने योग छ। घर बाहिर ठन्डि, घर भित्र भाउजुको ठुस्काई,बजारमा ठगाई,मकैमा ठेट्ना,काठमान्डौमा ठमेल र ठँहिटि,चौतारीमा रिट्ठे र ठुली,बाहनमा ठेलागाडा,भिडमा ठेलमठेल आदि बाट बच्न पर्ने देखिन्छ।


रिट्ठे- रिट्ठेको ग्रह, नक्षत्र , तारा र पृथ्वी लगायत आफ्नै शरिरको रौँले समेत  साथ छोडेको हुँदा 'र'को प्रकोप यो महिना व्याप्त देखिन्छ जसले गर्दा महिनाभरि नै रिट्ठे रातबिरात रुमल्लिएर रुनु पर्ने हुन्छ। बिशेषगरि राता वर्णका,कन्या,वाहन, भोजन ईत्यादीबाट सजग हुनु पर्ने देखिन्छ। यो महिना रातोभालेको मासु खान मन लागे पनि नखानु उत्तम हुन्छ। खाएमा रातो भाले चपाउन खोज्दा रोगि बुढि पोथिको पछाडिपट्टिको टुक्रा पर्न सक्ने सम्भावना छ। रात्रिजीवनमा पनि रिट्ठे रसिक नबनि रमाईलोमा रम्न नजाँदा राम्रो होला। राति खान खोजेको रसिलो कुराहरु सबै रागिलो हुन पुग्ने तथा राम्रिहरुद्वारा रिट्ठेको रामधुलाईको संभावना छ। कसैलाई कुनै पनि किसिमले संबोधन नगर्नु राम्रो हुन्छ। राम्रि कन्यालाई 'रानि' भनेर सम्बोधन गर्दा पन्जाबिको  जस्तो जिब्रो बन्न पुग्दा'राणि' सुनिनजाने संभावनाले पनि रिट्ठेको यो महिना रामधुलाई हुन सक्ने कुरा रेखाले बताउँछ। साथै भुस्तिघ्रेहरुलाई पनि संवोधन नगर्नु उचित हुन्छ। उदाहरणको लागि यदि कुनै भुस्तिघ्रेलाई 'रामे' भनेर बोलाउँदा 'राँगे' सुनिनगएको खन्डमा रिट्ठे उक्त भुसतिघ्रेको रिसको  रापमा पर्नगई रिट्ठेको राम्रो थुतुनो र्र्यान्डम हुनसक्ने संभावना छ। खाने ठाउँमा रेस्टुरेन्ट, केटिमा राम्रिहरु, रंगमा रातो,पेयपदार्धमा रक्सि,उड्नेमा रकेट, गुड्ने मा रेल,म:म मा राँगाको,मनमा रमाईलो ईत्यादी बिर्सेर पनि सम्झन, खान, छुन, मान्न वा सोच्न हुँदैन।


(कृपया अरु कसैलाई आफ्नो राशीफल जान्न मन लागेमा हस्तरेखाको फोटोकपि निम्न ठेगानामा पठाउनु होला-)


 श्री१०००८ बिर्खानन्द भोगानुकुलयोगि, योगाश्रम, चौतारीधाम्

Read Full Discussion Thread for this article