Posted by: shirish November 3, 2009
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

अरुले चाहे जस्तो चलें, सोचै भएन !
कहिले माथ हुन्छु होला, थाहै भएन !


टाउको दुखाउदै आएं, निकै भएन
मागेर लगाएको टोपी, ठिकै भएन !


मानिस भेला हुँदा पनि,  मेला भएन
पुतला जलाउन आफ्नो, ठाँवै भएन !


सुनाऊ भन्ने मान्छे कोहि, खासै थिएन
सुनाऊँ जस्तो लाग्ने पनि, कुरै भएन !

(सुनाई दिदा गर्ब हुने, कुरै भएन !)

Read Full Discussion Thread for this article