Posted by: chipledhunga November 2, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        
अब हिन्ट दिन पट्टि लागौं है त।
शुक्रबार र आज एउटै मन्दिरका दुई भिन्न फोटोहरु राखेको हुँ। उपत्यकाकै नगरपालिकाहरु मध्ये एकको अलि अग्लो भागमा पर्छ। लौ अब त गेस हानम्।
मम पसल चाँही सिनेमा हल छेउ भनिहालें। हल बाहिरको मूलबाटो उत्तर दक्षिण दिशामा जान्छ, अनि उत्तरतर्फ लाग्दा दाँयातिरको गल्लीमा पसेर त्यस्तै ५० मिटर पर होला हलको प्रवेशद्वार अनि मम पसलहरु।
अघि बिहान राखेको सानो फोटो चाँही ललितपुर जिल्लामा पर्छ। ठुल्दाइसँग त कर्ण फुसफुसमा एक चोटि यो क्षेत्रको लामै चर्चा भएको थियो।
लौ लौ गेस गर्दै गरम्। नयाँ नेपालमा के के भएको रहेछ हेरम् पनि।              
Read Full Discussion Thread for this article