एउटा पुरानो गाउँले परिवेशको गन्थन---
(एउटा गाउँ छ, कमिलाटार! हजूर हाम्रै देशको यहि चौतारी भन्दा अलि माथि हल्हले डाँडा बाट तल साउतिखोला पारि पर्छ! त्यहाँ आफ्नै संसार छ, आफ्नै जीवन छ र आफ्नै रहनसहन आनिबानी छ! साउतीखोलामा पुगेका केहि साथिहरु बिचको कुराकानी सुनौँ न त है?)
रिट्ठे हल्दार- “ होइ ख्याउटे! ह्याँथिम छित्रि हाल् हाल् बलगेर्ति भुरा खेलिरा देख्स के रे मेरा आँखाले?”
लहरे ख्याउटे- “ त्यो धराप मास्त्यार कालो ढुङ्गोथिम भन्या हो हल्दार?”
रिट्ठे हल्दार- “ काँ पा’र कालो ढुंङ्गोथिम भन्नु मइँले, त्यो खत्रिको थुतनो जस्तो ढुङ्गो देखिनस के तेरा पाँसुल्ला भन्दा चार हार पर?”
लहरे ख्याउटे- “तेस्ताँ छित्रि हालेर माछा अड्का’र खान खोज्या हल्दार तइँले? भ्याउतो खाए मात्रै हो?”
रिट्ठे हल्दार- “ तेरा बाउ बाजेले माछा मार्या भए था पाउँथिस बज्जे ख्याउटे तेस्तइँ हो माछो पर्नि!”
लहरे ख्याउटे- “ तेरै हल्दारि खलकले खाए होलान नि माछा, च्याङख्ला खान नि सात गाम्मा पर्दारि नगरि नपुग्न्या खलक!”
रिट्ठे हल्दार- “ अउतार हेर्दा हामि खान्नपा छौँ कि तेरा खलक छन् छरलउङ हुन्स! त्यो भित्तोको रह मा गएर अउतार हेरेर आइस पइला!”
लहरे ख्याउटे- “ ख्याउटे भन्न खोज्या होलास लाटिको पोइ तइँले मलाई, धेरइ निउँ नखोज ज्यान सुके नि तोलाई भकुर्न परेसि हलदारि सलदारि साउतिखोलाँ बगाइदिन जान्या छ हाम्ले नि!”
(पर बाट हर्के भक्भके ओरालो झर्दै खोलातिर आउन लागेको देखिन्छ)
रिट्ठे हल्दार- “ जति भुक्नु छ भुक् ख्याउटे, लाउर्या कुकुर जस्तो भुक्यो भुक्यो तेइथिम गएसि कुइँ कुईँ करार बित्तातोडले भाग्छस नचिन्या बराजु होस र तँ! होई त्यो खोल्तिर झर्ने भक्भके हइन? ब्यान खोलाँ हिड् बज्जे भन्दा दोभानेको घट्टाँ जानु छ मकइ पिन्न भन्थ्यो अइले ज्यानमारा एतइ झरेस!”
लहरे ख्याउटे- “ मिर्सि छँडुल्लि बन तिर सेउला टिप्नि हिँडि होलि नि अनि भक्भके बज्जे पछि लार एता मुन्ट्यो नि!
रिट्ठे हल्दार- उ एतइ आउँदैस बज्जे! मिर्सिको भारि पुर्यार भोकले रन्थन्नेर आ होला नि हाम्ले मार्या माछो पोलेर खान पाइँस भनेर!”
लहरे ख्याउटे- “ मिर्सिको भारि बोक्नि मात्रै हो यो भक्भकेले, तेल्लाई मिर्सिले एकबाजि मुइँ खान द्या भए पनि मेरो मुखाँ थुक्दिनु!”
रिट्ठे हल्दार- “ तेरो मुखाँ थुकेर थुक बिटिलो पार्नु सैन हाम्लाई!...... पा पाएइ हो तेल्ले मुईँ खान, मिर्सिको पोइ आउँदै छ रे चैते दसइँमा!”
लहरे ख्याउटे- “ तँ कुरो गर भक्भकेसित म एकछिन पउडि खेल्छु मज्जाले!”
रिट्ठे हल्दार- “ तेरो होरल्याङ्गे कट्टु बेसरि बाँध पइले नत्र कट्टु एकातिर तँ अर्कोतिर होलास रहमा! माथ्ला गाउँका तरुनि खोल्तिर झर्ने बेला हुन ला स (दाँत देखाउँदै हाँस्छ) हिहिहिहि!”
लहरे ख्याउटे- “ मेरा कट्टु बाँध्ने हइन तेरा पयाँला दाँताँ बालुवा घोट् पइला! कि सुन्को दाँत हाल्या छ भनेर माथ्लागाउँका तरुनिलाई देखाउन लाइस?”
रिट्ठे हल्दार- “ हाम्रा दाँत जस्ता भए नि सप्पै सन, तेरा जस्ता लाउरेका लतकले भाँच्चिएर झर्या सैनन्! सुर्ति ले बरु, ब्यान देखि खान पा सइन!”
लहरे ख्याउटे- “ सिद्दो मेरो सुर्ति सुर्ति, खान मन लाए भक्भकेसित मागेर खा, म गइँ खोलाँ डुबुल्किन!”
रिट्ठे हल्दार- “ जा जा मर्! भित्रै बिलाउनु बरु सन्चै हुन्छ!”
( लहरे कट्टु स्याहार्दै खोलाभित्र डुबुल्कि लाउँछ, हर्के मुसुमुसु हाँस्दै आइपुग्छ र ढुङ्गामा बालुवा पुछेर बस्छ)
हर्के भक्भके- “ह ह ह ल्लार्! म म म माछो कइ पर्यो?”
रिट्ठे हल्दार- “ पर्या स एक बिसौली जति पर्या स! तँलाइ क्यान चाइयो?”
हर्के भक्भके- “ भ भ भ भोक्लायो नि ब बज्जे, प प पोलेर खाउँ न…म झ् झिंटि सँआल्छु!”
रिट्ठे हल्दार- “ इss खालास माछा! हाम्ले यो बैशाखा घाम्मा पाक्केर माछो मार्नु स, तँ बज्जे मिर्सि सित लठार्रेर आर हाम्ले मार्या माछो खानि? ब्यान त, घट्टाँ जानु स भनेर मुखाँ किरा पर्या थ्यो त तेरो?”
हर्के भक्भके- “ घ घ घट्टाँ जानला हो, म म मिर्सिलाई ब् ब् बनाँ डर लाग्छ भ भ भनेर साथि हिन्या!”
रिट्ठे हल्दार- “ हिन् हिन् दिन्दिनै हिन् मिर्सि सित, तेसको बुडोले चइते दसइँयाँ तेरो भोग चडाएसि था पाउलास्!”
हर्के भक्भके- “ न न नरिसा न ब बज्जे, त् त् तेल्लाई नि ब् ब् बोला छ याँ, अ अ अइले आउँछे म म माछा खान!”
रिट्ठे हल्दार- (खुसि हुँदै) “ मिर्सि आउँसे रे? पख् तेसोभए ख्याउटेलाई बोलाउँसु, फेरि छित्रि हाल्न पर्स!