Posted by: chipledhunga October 30, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम बाउचा। पूरे त पुरिकै फोटो हेर्दै बसेको होला। ठुल्दाइ फिल्ड ट्रिप भनेर रामनगरकी "पुजा" को खोजीमा हुनुहुन्छ जस्तो छ। काठमाडौंबाट इलाहाबाद् र तौलिहवा ओहोरदोहोर गर्दा भुजा खान गुरुजीले त्यतै रोक्ने गरेका रहेछन् भनी मानिछु।       


हिंजोको अबिरल बर्षाले गर्दा गाडीभित्र २ इन्च जति पानी पसेछ। गृह मन्त्रीले सकुशल घर त ल्याइन् तर मैले एक घण्टा जति लगाएर पानी उभाउँदै फाल्नु पर्‍यो। पानी सोस्न पत्रिका पनि बिछ्याएको थिएँ। गृह मन्त्री चाँही सामान्यत: मैले हाँक्ने गाडी लिएर अफिसतिर लागिन्। बिहान चौतारीमा पूरी तरकारी टाँसेर पत्रिका झिकेर साँचो चाँही गाडी भित्रै छोडेर बन्द गरेछु। घर पस्ने साँचो समेत गाडीमा नजरबन्दमा पर्‍यो। धन्न अपार्टमेन्टको अफिस खुल्न केही समय मात्रै बाँकी रहेछ र भित्र आउन पाएँ। अनि गाडीको जगेडा साँचो झिकेर आफ्नो साँचो लिन पाएँ। बीमा कम्पनीमा लामो कुरा गरेपछी अहिले ११ बजे क्षतिको अनुमान लगाउन अनि भाडाको गाडी लिन जानु छ।                    

Read Full Discussion Thread for this article