Posted by: Harka_Bahadur October 29, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

लौ हेर कहाँ कहाँ देखेको ठाउँ भन्थे रामनगर पो रैछ, हामी भन्दानी हन्तकाली त चिप्ले पो रेछ , त्यस्तो रामनगरको बाशी भात पनि खार पचाउन सक्ने भनेसी चिप्लेको भुँडीको इन्जिन दह्रो रैछ , मैले एक चोटि खाए त्याह जिन्दगीमा , तेश्पछी कहिले खाइन , धूत त्यस्तो ठाउमानी कसैले खान्छ , फेरी वरी परी कुनै अरु भात खाने पसल छैन कस्तो ठाउँ छ त्यो भन्देखुन ।


लौ हेर अचेल त माईक्रोले भात खान रामनगर रोक्न थालेछ , पहिले पहिले त माईक्रोले मुग्लिङ्को तमुहरुको पसलमा रोक्थ्यो , अनी मुग्लिङ्मा जहिले पनि पाउने रायोको साग अनी खसिको मासु दुई थाल थपेर खाएसी घर नपुगुन्जेल केही खान पर्दैन थ्यो ।


हाम्रो पालामा त त्यो मकालु यातायातले त्यो रामनगरमा रोक्छ भन्ने पहिले नै थाहा हुन्थ्यो तेही भर नौबिसेमानै टन्न खाइन्थ्यो , अनी रामनगर पुगेसी काँचो चाउ चाउ खाइन्थ्यो ।


लौ जे भएनी चिप्ले चै घुमेको रैछ नेपाल , आफु त खाल्टो छोडेर कतै गैएन ।  

Read Full Discussion Thread for this article