Posted by: _ October 29, 2009
BHOJPUR
Login in to Rate this Post:     0       ?        

नराम्रो खबरको लागि माफ...

भोजपुर १२ कात्तिक (दैनिकी)


भोजपुरमा एकिकृत माओवादी र एमाले कार्यकर्ताबीच तनाब बढेपछि जिल्ला
प्रशासन कार्यालय, भोजपुरले सदरमुकाम आसपासमा हिजोसाँझ ६ बजेदेखि जारि
गरेको कर्फ्यु यथावत छ । प्रशासनले साझ ६ वजेदेखि अनिश्चितकालिन कर्फ्यु
आदेश जारी गरेको हो । भोजपुर बजार चक्रपथ र त्यसको आसपासमा कर्फ्यु आदेश
जारी गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बताउनुभयो ।

कर्फ्यु आदेश जारी गरे पछि त्यहाको जनजीवन प्रभावित भएको छ ।

यसैवीच एकिकृत माओवादीले भने थप आन्दोलनको तयारी गरेको छ । माओवादीले
भोजपुरमा आजदेखि आन्दोलनलाइ कडा पार्ने विज्ञप्ती निकालेर जनाएको छ ।

क्याम्पसको घटनापछि तनाव बनेको भोजपुरमा एमाले सम्वद्ध अनेरास्ववियूका
कार्यकर्ताहरुले वाइसीएल भोजपुरका सचिव गोपाल तिम्सिना शिशिरलाई कुटेपछि
जिल्लामा थप तनाव छाएको हो ।



हिजो दिउँसो सवा ४ बजे पार्टी कार्यालय अगाडी वसिरहेको बेला तिम्सीना माथि
आक्रमण भएको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका शिशिरको
जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।



घटनामा संलग्न भएको अभियोगमा अनेरास्वियुका जिल्ला अध्यक्ष मकर बहादुर
खड्का पूर्वाञ्चल व्यूरो सचिव धुर्वराज राईसहित ४ जनालाई प्रहरीले पक्रेको
छ ।

कात्तिक ८ गते अनेरास्ववियू -क्रान्तिकारी) का कार्यकर्ताले भोजपुर
क्याम्पसका प्रमुख पर्वतकुमार र्राईमाथि कुटपिट गरेपछि एमाले र माओवादीबीच
तनाव बढेको हो ।

Read Full Discussion Thread for this article