Posted by: chipledhunga October 29, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

अपरान्हको दोस्रो जदौ सबैलाई।
बैरे, ओरेकल भनेको थुतुनो होइन? चलाऊन आँुछ मलाई मजाले। भात पाए २ माना, बियर पाए सिक्स प्याक, मम पाए ४ पिलेट खाइदिन्छु। लौ लौ हाकिमलाई भनेर पद मलाई नै सुरक्षित राखिदेउ है।


हैन त्यस्तो फोटो बाट पनि ठुल्दाइ ले महेन्द्र बौचा को पसल कसरी चिन्नु भयो? त्यो फोहोर को डुङुर देखेरै चिन्नु भा' होला पक्कै


रिट्ठे, लोल। हो, रामनगर नै हो ठाम त। कति पिलेट भात खाएको छौ त्यता तिमीले? मेरो त पहिलो चोटि पर्‍यो।    
ठुल्दाइ, पूजाकहाँ भुजा खाएको रु १३० (अलिअली छाला टाँस्सिएको कुखुराको हड्डी सहित)। पूजा (वा पुजा?)को बारेमा सोध्न त भ्याइन।   कहिलेकाहीँ त भुजै राम्रोसँग खान नदीइ गाडी हुँुकाइदिन्छन् गुरुजीहरुले। धन्न रामनगर रोकाइमा भने हात धोएर बाहिरको फोटो खिच्ने समयसम्म पाइयो। रामनगरबाट आँपटारीतिर पुग्दा माईक्रोका गुरुजी र कन्डक्टर बीचको वार्तालापबाट थाहा भयो कि ती "पुजा" पोइलो गैछन् रे। पोखरा-काँकरभिट्टा चल्ने मेची गण्डकी भिडियो कोचको डाइभरले भगाका रे। बर्ष दिन जति भात खान रोक्दा रोक्दै लप पर्या रे। भगाएपछि त्यो बाटो चलाऊन पनि छोडे रे। अचेल काँकर्भिट्टा जनकपुरको डे चलाउँछन् रे।
महेन्द्र बाउचाकहाँ पसौं भनेर गएको, बाहिरको फोहोर मैलाको दूर्गन्धले टाढैबाट तारेमाम ठोक्न पर्‍यो।           

Read Full Discussion Thread for this article