Posted by: Birkhe_Maila October 27, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

भ्रान्तिपूर दैनिक:


नेपालमा नयाँ न्यूटन:


( संवाददाता द्वय-पोहोरमान जंगलबासि र वर्तमान वाइस्याल जि द्वारा)


काठमान्डौ, कात्तिक बत्ताईस गते। गुरुत्व, गुरुतवबल तथा गुरुत्वार्षण, र चाल सम्बन्धि सिद्धान्तका प्रतिवादक न्यूटनको सिद्धान्तलाई गलत साबित गर्दै एक युवा नेपाली बैज्ञानिकले नयाँ सिद्धान्तको जन्म दिएर देशलाई नै गौरवान्वित बनाएका छन्। वाइल्ड अर्किड एन्ड बेटर हेवन हाइयर सेकेन्डरी स्कुल (नेपालको उच्च माध्यामिक विद्धयालयको नाम हो है) का बैज्ञानिक चंखेकाजि कुँवरले एक वर्ष गहनताका साथ ११ कक्षामा फिजिक्स पढ्दा पढ्दै न्यूटनको उक्त सिद्धान्तलाई गलत सावित गरेका हुन्। उनले आफ्नो नयाँ सिद्धान्त ब्राईट फ्यूचर इन्स्टिच्यूट (नेपालको एक शैक्षिक संस्थान) र न्यू मोडल साइन्टिस्ट फोरम (नेपालमा भर्खर फिजिक्स र केमिस्ट्री र म्याथेम्याटिक्स पढ्ने युवाहरुको फोरम) मा प्रयोग गरेर देखाईसकेका छन्। नेपालमा नयाँ कुरा गर्न खोज्नेलाई दवाईने र सरकारले कुनै सहयोग नगर्ने गुनासो उनले पोखेका छन्। अमेरिकाको नासामा हुने कन्फरेन्समा जान प्लेन टिकट, भिसा र बाटो खर्च पाए उनले आफ्नो आविश्कार अन्तराष्ट्रिय फोरममा देखाऊन सक्ने कुरा बताए। उनका अनुसार न्यूटनको चाल सम्बन्धी तेश्रो नियम गलत छ। तिन स्टिक गाँजा अनवरत रुपमा तान्दै उनले न्यूटनको तेश्रो नियमलाई गलत साबित गरेका हुन्। उनले जोडका साथ गाँजाको धुवाँ फोक्सोमा भरेको तर बाहिर उडाउने बेलामा बिस्तारै उडाउन सफल भएका थिए। उनको यो एक्सनको अपोजिट तर बराबर रियाक्सन नभएको उनको दावि छ। उनको भनाई अनुसार हल्का रुपमा जम्मा तिन स्टिक गाँजा तान्दा हुने सानो एक्सनको उनलाई नै आनन्दित तुल्याऊने ठूलो रियाक्सन आउनु न्यूटनको तेश्रो नियम विपरित छ। उनका अनुसार न्यूटनले केवल स्याउ मात्र खाएको र 'न्यूटनले गाँजा खावस न स्वाद पावस' उनको थेउरीको भनाई रहने छ। यदि उनको थेउरिले अन्तराष्ट्रिय मान्यता पाएमा नेपालमा ३४००००००००००००० खर्ब मेगावाटको बिजुली उत्पादन हुने छ र यसको लागि खोला हैन केवल एउटा कुलो मात्र खने पुग्दछ। यस्ता महान नेपाली बैज्ञानीकको कुरा हामिले पहिलो पटक हाम्रो भ्रान्तिपूर दैनिकमा राख्न पाउँदा हामिलाई अत्यन्त खुसि लागेको छ।

Last edited: 27-Oct-09 11:17 AM
Read Full Discussion Thread for this article