Posted by: Birkhe_Maila October 26, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

भ्रान्तिपुर दैनिक: चौतारी समाचार-


बैरे बम् बस्ताकोटीले मिटिङमा सिटिङ गर्दा ईटिङ गर्ने समय चिटिङ भएको व्यहोरा ब्रिफिङ गर्दा  उनको अनगोईङ कथाको किसिङ सिन भ्यानिसिङ हुन लागेको जेनुईन गुनासो पोखेका छन्।


ठूल्दाईले डुल्दै डुल्दै कसैको काखमा ढल्दै यो जिवनदेखि गल्दै जान हालै गरेको आकांक्षामाथि नेप्चि भाउजुको ताजा प्रतिकृयाले ठुल्दाईको जिवनमा विस्फोट गराऊनसक्ने संभावना तर्फ सबैको ध्यान गएको छ। पारखीहरुका अनुसार, चिसो हैन न्यानो काखमा मर्न खोज्ने चाहना उमेर र अवस्था अनुसार जति आए पनि दबाऊनु पर्ने र दबाऊन नसकेर पोखे पनि जोखेर पोख्नुपर्ने परिस्थीतीमा ठूल्दाईले भावनामा बहेर बहेको आँशुमा प्रणयसुधा देख्न पुग्दा अब शायद प्रलय हुन सक्ने सम्भावना छ।


पुरे पाणी पराजुलीले आफ्नो वरपर बैरेलाई नदेख्दा उखरमाऊलीहरुसंगको लसपसको हसहस कुरा निकाल्दा चौतारीका पटके लसपसेहरुद्वारा निजको हालतको सहि व्याख्या भएको छ। लसपसेहरुद्वारा चिया पसलमा गरिएको गाईँगुई अनुसार बिचरा पुरेको लस भए पस नहुने र पस भए लस नहुने परिस्थितीले गर्दा आफ्नो उमेरसमुहका कोहि, एकछिनको लागि हराए पनि लसपसमै लिन भएको घिनलाग्नो कुरा  छिनछिनमा दिनभरि पिन गाडिए जस्तो उनको दिमागमा गाडिने सिन देखिनु कुनै अचम्मको कुरा हैन।


 लहरेकान्त लाकौलको बम्पर पुरस्कारप्रतीको लोभ र लालचले मुर्तरुप लिँदा उनलाई जे कुरामा पनि बम्पर उपहार पर्न थालेको कुरा हाम्रा संवाददाताले जनाएका छन्; जसले गर्दा उनले जिवनमै नपरेको अप्ठ्यारोहरुको सामना गर्नुपरिरहेको छ। आज बिहानै उनि शौच गर्न जाँदा उनको खुट्टा बाथरुममा हल्का चिप्लिएकोमा बम्पर उपहार स्वरुप टाउको कमोडमा ठोक्किन पुगेको थियो। यसरी टाउको कमोडमा ठोक्किन पुग्दा उनको मुखबाट हल्का 'थुक्क' को आवाज आएकोमा बम्पर उपहार स्वरुप कसैले सुन्नै नहुनेखालको फोहोर गालि उब्जिन पुगेको थियो। उनको एक लाइनको गालि बाहिर बसेर पुजा गरिरहेको हजुरबाले सुन्दा बम्पर उपहार स्वरुप उनको गालिको पछाडि 'अलछ्छिना बुडा' थपिन पुग्दा उनि घरनिकालामा परेका थिए। भोकले रन्थनिएका उनि होटलमा छिरेर दाल, भात तरकारि खाँदै थिए तर बम्पर उपहार स्वरुप दालमा दुईवटा साङ्ला परेपछि उनि भोकै उठ्न बाध्य भएका थिए। त्यहि होटलमा उनले नदेख्ने गरेर तन्दुरि चिकन बजाइराखेका रिठाराम रायमाझि लुसुक्क उनलाई देखाएर होटलबाट बाहिर निस्किदिनाले पैसा तिर्ने बेलामा बम्पर उपहार स्वरुप उनके आफुले खाएको साङ्ग्ले दाल र रिठारामले खाएको तन्दुरिको पनि पैसा तिरेका थिए।

Read Full Discussion Thread for this article