What do you say about this news and his theory? I don't fully know the arkimidis theory. If any physicist are here in sajha they can clear the issue here. But as far as i understand (limited physics), to float, object wil displace water equivalent to the mass of that object that is floating. part of it may be submerged. Source: नयाँ पत्रिका काठमाडौं, ८ कात्तिक २३ सय इशापूर्व तर, 'कुनै उनले उनले कुनै उनले हेराल्ड कुवरले के हो आर्किमिडिजको सिद्धान्त ? कुनै वस्तु तरल पदार्थमा डुब्दा त्यस वस्तुले अनुभव गरेको ऊध्र्वचाप -upthrust_ वा घटेको ताैल त्यस वस्तुद्वारा विस्थापित हुने तरल पदार्थको ताैलसँग बराबर हुन्छ । (स्रोतः अक्र्सफोर्ड डिस्क्टनेरी अफ फिजिस्क) उदाहरण : कुँवरले दाबी गरेको सामथ्र्यको सिद्धान्त: कुनै वस्तु तरल पदार्थमा डुब्दा त्यस वस्तुले अनुभव गरेको उध्र्वचाप -upthrust_ वा घटेको तौलसँग त्यस वस्तुद्वारा विस्थापित हुने तरल पदार्थको तौल -weight of the liquid displaced_ घटी वा बढी जे पनि हुन्छ । उदाहरण: नयाँ सिद्धान्तबाट लिन सकिने फाइदा: यो
वर्षअघि आविष्कार भएको आर्किमिडिज सिद्धान्तलाई गलत भन्दै एक नेपाली
विद्यार्थीले नयाँ तथ्य प्रस्तुत गरेका छन् । नेपाली विद्यार्थीको यो
दाबीले अन्तर्राष्ट्रिय मान्यता पाए भौतिकशास्त्रका संसारभरिका पाठ्यक्रम
नै परिवर्तन गर्नुपर्नेछ ।
२८७ मा जन्मिएका गि्रक वैज्ञानिक आर्किमिडिजले सामथ्र्यको सिद्धान्त
प्रतिपादन गरेका थिए । आर्किमिडिजको सिद्धान्तअनुसार तरल पदार्थमा उत्रने
वस्तुको तौल र सो वस्तुले त्यतिवेला विस्थापन गरेको तरल पदार्थको तौल
बराबर हुन्छ ।
नेपाली विद्यार्थी भविन्द्र कुँवरले उत्रने वस्तुले अनुभव गरेको उध्र्वबल
र त्यस वस्तुद्वारा विस्थापित हुने तरल पदार्थको तौल बराबर हुन्छ भन्ने
आर्किमिडिजको सिद्धान्त बनावटी र त्रुटिपूर्ण भएको दाबी गरेका छन् । उनले
नेपालका तीनवटा कलेजका प्रयोगशालामा आफ्नो दाबी पुष्टि गरेर 'पेटेन्ट
राइट'का लागि उद्योग विभागमा निवेदन पनि दिएका छन् ।
वस्तु तरल पदार्थमा उत्रँदा वा डुब्दा त्यस वस्तुले आफ्नो तौलभन्दा घटी वा
बढी जति पनि तौलको तरल पदार्थ विस्थापित गर्छ,' गणित विषयमा स्नातकोत्तर
पढ्दै गरेका कुँवरले नयाँ पत्रिकासित भने ।
काठमाडौं मेडिकल कलेज, युनिभर्सल कलेज र हेराल्ड इन्टरनेसनल कलेजमा आफ्नो
दाबीलाई प्रयोग गरेर देखाएका छन् । आफ्नो नयाँ प्रयोगले सतहमा रहेको
पानीबाट धेरै विद्युतीय ऊर्जा निकाल्न सहयोगी हुने दाबी गरेका छन् । उनको
सिद्धान्त अन्तर्राष्ट्रिय प्रयोगशालाबाट पुष्टि भए नेपालका नदीनालाबाट ८३
खर्ब मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न बाटो खुल्नेछ ।
आफ्नो प्रयोगबारे भने, '२० ग्राम पानी भएको भाँडोमा तीन सय ग्रामको गिलास
राखियो भने सजिलै उत्रन्छ । विस्थापित पानी २० ग्रामभन्दा कम छ भने
गिलासको तौल ३०० ग्राम छ । त्यसैले विस्थापित पानी र उत्रने वस्तुको तौल
बराबर हुनै सक्दैन ।'
वस्तु तरल पदार्थमा उत्रँदा वा डुब्दा त्यस वस्तुले आफ्नो तौलभन्दा घटी वा
बढी पानी विस्थापित गर्छ, त्यसमा दूरी प्रमुख कारण हुन्छ भन्ने कुँवरको
दाबी छ । उनले भने, 'भर्टिकलमा प्रयोग गर्दा दूरी कम हुन्छ र बढी तरल
पदार्थ विस्थापित हुन्छ । तर, दूरी धेरै भयो भने कम तरल पदार्थ विस्थापित
हुन्छ ।'
आफ्नो प्रयोगले कम तरल पदार्थमा धेरै ऊर्जा उत्पादन हुने दाबी गरे । उनका
अनुसार कम तरल पदार्थ विस्थापित गराएर धेरै ऊर्जा उत्पादन गर्न सकिन्छ ।
यही आधारमा उनले नेपालमा ८३ खर्ब मेगावाट विद्युत् उत्पादन गर्न सकिने
दाबी गरेका हुन् ।
इन्टरनेसनल कलेजका फिजिक्स टिचर बालविक्रम खत्रीले कुँवरको प्रयोग हेर्दा
आर्किमिडिजको सिद्धान्त त्रुटिपूर्ण देखिएको बताए । 'हाम्रोमा उपलब्ध
सामग्रीबाट प्रयोग गर्दा आर्किमिडिजको सिद्धान्त फेल देखियो,' खत्रीले
भने, 'यसलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन थप प्रयोग गर्नुपर्छ ।'
उद्योग विभागमा 'सामथ्र्यको सिद्धान्त र त्यससँग सम्बन्धित उध्र्वचापमा
आधारित ऊर्जा प्रविधि'को पेटेन्ट दर्ताका लागि आवेदन दिएका छन् । १६ माघ
०६५ मा द.नं. ७३९ मा आवेदन दर्ता गराएपछि उद्योग विभागले सम्बन्धित विषयका
विज्ञसँग छलफलसमेत गरेको छ ।
तरल पदार्थले भरिएको कुनै भाँडोमा कुनै एउटा वस्तु डुबाउँदा त्यसको घटेको
तौल १०० ग्राम छ भने त्यसले विस्थापित गरेको तरल पदार्थको तौल पनि १००
ग्राम नै अर्थात् बराबर हुन्छ ।
दुईवटा पेपरगिलास लिऊँ । एउटा पेपरगिलासमा १०० ग्राम पानी छ । तर, १००
ग्राम पानी भएको गिलास २५ ग्राम पानी भएको अर्का गिलासमा राख्यो भने सजिलै
उत्रन्छ । यसबाट तैरिने वस्तुको १०० ग्राम तौल नै घटेको हुन्छ । तर
विस्थापित तरल पदार्थ २५ ग्रामभन्दा कम हुन्छ ।
सिद्धान्त अन्तर्राष्ट्रिय प्रयोगशालाबाट समेत पुष्टि भई मान्यता पाए २३
सय वर्षअघिको सिद्धान्तका कमजोरी पत्ता लागी भौतिकशास्त्रमा नयाँ सत्यको
उद्घाटन हुनेछ । यसले ऊर्जाका क्षेत्रमा नयाँ अध्यायको थालनी गर्छ ।
जस्तो : नेपालको कुल विद्युत् उत्पादनक्षमता ८३ हजार मेगावाट भनिएकोमा यो
सिद्धान्तअनुसार ८३ खर्ब मेगावाटभन्दा बढी हुन्छ । विद्युत् उत्पादनका
लागि बेलायतबाट आरम्भ भएको टर्वाइन प्रणालीबाट अहिलेसम्म बिजुली उत्पादन
भइरहेकोमा यो सिद्धान्तअनुसार त्योभन्दा कम खर्चमा बढी ऊर्जा उत्पादन गर्न
सकिनेछ ।