Posted by: gaalab October 23, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        
न छन जून तारा, न साथ तिम्रो, बाटो छ भिरालु
माया लुकिन् खोपीभित्र, बोलाइदे न ए बिरालु!

यो चौतारी त,
कता कता देखे देखे बसे बसे जस्तो
सँगै बसेर हावा खाए खाए जस्तो
तास पनि खेल्या खेल्या जस्तो
मादल घन्काई नाच्या नाच्या जस्तो
दशैंमा पिङ हालेर मच्चिया' मच्चिया' जस्तो
कस्तो कस्तो आफ्नै गाम ठामको जस्तो जस्तो
पो लागो हे! कताबाट उप्काएर ल्यायौ, जिम्माल बौ? अनि यो बुढेसकालाँ राम राम नभनेर के को चौतारी बनाउन कम्मर कस्या हो? गानो जान्छ अनि थाहा पाउलाउ!
रिकुटेको तालमा छड्के पारेर आ'छु; नमस्ते टक्र्यायाँ पनि!

जय होस्!!
Read Full Discussion Thread for this article