Posted by: Birkhe_Maila October 22, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

हरिशरणम्!
कोई रइन्छ चौतारियाँ!
ब्यान ब्यानै देखुन क्यारम क्यारम भईराछ आज किन हो कुन्नि? जाड्जाडो लाइराछ...हुन त कात्तिक पनि सिद्दिन लाओ मउँसिर पुष लाएसि जाडो नभ'र उखरमाऊलो हुन्छ त? मेरो सुद्दि नि कइलेकाइँ कता हराउँछ कता!..हराउन नि हराओ कठै मेरो बैँश, तेसै तेसै तेसै उफ्रम उफ्रम हुन्तो बैँश छँदा। बर्खामा झरिले गोठको छानो निथ्रुक्क भिजाम्दा नि तरुनिले न्वा जस्तो लाउथो। चुक घोप्ट्या जस्तो अँधेरो नि पल्ला गाउँले बाटुलीले ला'को गाजल जस्तो लाउथो, अइले यि, तेइँ झरि परो भन्देखुन पनि यो बर्खा धान्दिन कि जस्तो लाउछ। अँधेरो भओ कि बैकुन्ठपूरि पुइसकेँकि जस्तो लाउछ! बैकुन्ठपूरी नि मजाको ठाम हो गाँठे, उइले कुन बखत हो शहर जाँदा आफ्नु सुरुवाल भिज्ला जस्तो हुँदा नि मर्न नसक्या डाइबरले बस नरोकेर बल्ल बल्ल बैकुन्ठपुरी भन्ने ठाममा रोक्या थ्यो, तो क्यारि बिर्सम्ला र मैले?...बिर्सिन नि आजभोलि भुसुक्कै हुन्छु म,कइले लौरो बिर्सेर घुँडो काम्छ, कइले चस्मा बिर्सेर नानि बाबु खुट्ट्याम्दिन, कइलेकाइँ त भात खाने बित्तिकै केट्केटिलाई भात ख्वाएनन भनेर सराप्नु पुग्छु, यो सुद्दि क्यार्न एस्तो भा होला मेरो?  बुडो भ'र एस्तो भा भनेर मर्दैथ्यो त्यो राँगे साइँलो, तेसको सत्तेनाश हुनि, बुडो भन्छ,तेल्ले डेग चलाउन नसक्ने भारि अझै यो ज्यानले उचाल्छ तेसका मुखमा किरा पर्या!किराले यो बर्ख बोडि नि सखापै पारो, गोडा दस पन्द्रेक सए रुप्पे आम्थो बेचबिखन अर्दा तो नि घाटा लाओ। अब त यि बेचम भन्देखुन एइ ज्यान छ तो नि कल्ले किन्नु? तरुनाले तरुनि ताक्छन, तरुनिले तरुना ताक्छन,ए लौ लौ बुडिखाँडि त होलान नि भन्न भ'न धर्मखुस्क्या बुडो बनेर गामबाट लखेटे भन्देखुन कता जानु!अब के जानि कुरो गर्नु, उमेरले चौरासि टेकिसको अब त गाँठे मन न भ' नि जेमराजको चेला आमछन लिन। यो काल कोइलाई नआम्ने भ कस्तो हुन्तो होला जगत? जगत नि पइले पइले अस्तो रहेन अब, एसो रात-बिरात ढोकाओ चुकुल लाएन भने बित्याँस पर्न सउछ। साँच्चि हाउँरो कटेरोको ढोका नि फेर्न पर्ने मक्केर कुन दिन गमर्याङ्ग लड्छ अस्तो भईसको, अउराख काट्न जान पर्छ। पइले पइले भ' त यामानको सालको सिङ्गै रुख हेरि एइ ज्यानले बोक्तो, अब अइले लहरे बज्जे र हर्के बज्जेलाई बोलाम्न पर्छ। लहरे र हर्के नि मापाका छन् छन नि, एसो कइलेकाईँ कुराउनि सुराउनि खालान कि भनेर बोलाओ, बुडोले काम लाउन बोलाओ भनेर आम्दैनन्...तिन्का पिँडुल्लामा बोसो भरिएका पातकीहरु! बरु यो पुरे केटो जाति जस्तो लाउछ मलाई त! हुन त बइरे नि आ'छ गाम्मा आजभोलि, कुन्नि के के जाति मुईँ खा को कथा फलाक्तै हिन्छ भन्तो ग्वाँचेले..राम.. राम.. राम... गाममा भर्खरका चिचिले नानीहरुले तेसको कथा सुने भन्देखुन के हुनि हो! गाम बिआर्लान भन्ने डर! ह्याँ भन्दा के बिउरिनु छ र गाम पनि, बुडापाकाको इज्जत अर्न बिर्सिसके असत्तिहरुले! एसो छोरिचेलीहरुलाई कुल कुटुम्मब खोजेर ब्या अर्दिन नि नपाइने भैसको, कुन दिन ब्यान भाले बास्दा डाँडा काटिसक्या हुन्छन्! धर्म भरस्टे हुन लाइसको सपैको! धर्म अर्न पारिको शिवथान जाम भन्या रिट्ठे हल्दार एतातिर अन्मरिन्छु भन्तो सँअई जान, अत्तो पत्तो छइन कता लाओ कुन्नि?  तो बज्जेलाई नि हिजा जाँडले छोड्या छइन होला! जाँड नि आजभोलिका भुराभुरिहरु मोइ सरि खाइदिन्छन्। साँच्चि घरमा मोइ पार्न छोड्या नि दुई बर्ख हुन थालो, दुहुनु नभ'सि क्यार्नु! भैँसि किन्ने पइसो छईन, अइपछि जिम्मालबा भन्छन पर्या बेलाँ कउनै बज्जेहरुले नि एउपैसा दिँदैनन अधर्मिहरु!खोई अजै कोई मर्दैन त एतातिर कति एक्लै फत्फताम्नु घरतिरै लाउनुपरो, बरु एक निद्रा सुत्छु..राति नलाए नि दिम्सो त निद्रा लाउला नि गाँठे!

Read Full Discussion Thread for this article