Posted by: rahashya October 22, 2009
police in dallas looking for Pankaj Joshi
Login in to Rate this Post:     0       ?        

From: Hamroblog.com


अन्तराष्ट्रिय समाचार एजेन्सीले समाचार सम्प्रेशण गरिसकेको विषय भएपनि नेपाल प्रहरीका जिम्मेवार अधिकारीहरु जेशिको कारनामाको बारेमा थाहै पो रहेनछ । एक प्रहरी अधिकृत थिए जो उनको कार्यक्रममा पुग्दा प्राय अगाडि सधै कम्प्युटरमा झुन्डीरहेको देखिन्थ्यो । प्राय उनको कम्प्युटर स्क्रिनमा ब्लग र अन्तराष्ट्रिय समाचारका साइटहरु खुलेको देखेको थिए ।


लाग्यो उनलाइ यो बारेमा जानकारी छ । फोन गरेर जव जिज्ञासा रांखे उनले अनभिज्ञता जनाए । उनको प्रतिकृया थियो–हो र भन्या ?’ मैले उनलाई जिज्ञासा राखे कतै  नेपालमा रहेको अमेरिकी एम्बेसीले जोशिको विवरण पठाएर खोज्न आग्रह गरेको छ कि भनेर । उनको अनौपचारिक प्रतिकृया बढो गजवको थियो । उनले भने–साला खैरेहरु नेपालमा आएर हामीलाई ठग्थे जोशिले ठिकै गरेछन, मैले त उनलाइ भेटेपनि प्रोटेक्सन गर्छु ।’ बढो हांसो लाग्यो । मैले यही प्रतिकृया लेखौं त भनेर जिस्काए पनि । उनले हास्दै–फेरी खैरेहरु मेरो विरुद्ध लागिहाल्छन नी भने । औपचारिक प्रतिकृया माग्दा उनले यो बारेमा कुनै जानकारी नआएको बताए ।  


प्रहरी प्रवक्ता विनोद सिंहसंग सम्पर्क गरे । उनले मैले फोन गर्नु अगाडि एक जना पत्रकारले फोन गरेर सोधेपछि जानकारी पाएको बताए । उनले भने–अहिले त केही थाहा भएन,दिउसो गर्नुभएको भए इन्टरपोल शाखामा सोध्थे । आएको भएपनि इन्टरपोल शाखामा आउने हो । भोली फोन गर्नुहोला म सोध्छु नी ।’


नेपाल र अमेरिकाविच सुपुर्दगी सन्धी नभएपनि यि दुबै देश Interpol  सदस्य राष्ट्र भएकाले यदी अमेरिकाले इन्टरपोल मार्फत जोशिविरुद्ध रेडकर्नर नोटीस जारी ग¥यो भने उ नेपालमा पक्राउ परेपनि अमेरिकी सरकारलाइ हस्तान्तरण गर्नुपर्छ नै । तर उसले नेपालमा कुनै अपराध गरेमा पहिला सो अपराध विरुद्ध नेपालमा कार्वाही चलाएर पछि अपराध मुक्त भएपछि अर्को राष्ट्रलाइ बुझाउने प्रावधान छ । त्यसैले कतै इन्टरपोलले उनको नाममा पक्राउ नोटिस जारी पो ग¥यो कि भनेर उसको साइटमा गएर खोजेको केही विवरण भेटिएन । उसको नेपाली ठेगाना के रहेछ भनेर पनि खोजे । तर गुगल महाराजको स्टोरको त्यो विवरण पनि रहेनछ

Read Full Discussion Thread for this article