Posted by: Birkhe_Maila October 22, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

सिनसिनाटिको पाँचतारे होटलमा सकसका साथ सनसनाउँदै गरेका ठूल्दाईलाई टाढैबाट नमस्ते!


बङ्गुरको सेकुवा चपाउँदै हिजो गितमा हराएको हर्केलाई नमस्ते!


गित गाउँदै खेलि खेलि गर्ने केली नानीलाई नमस्ते!


कसैले खोजेन भन्दै गुनासोको झटारो हान्ने पुरेलाई नमस्ते!


झन्डै आधा बर्खपछि भेटहुनुभएको सम्धीज्यूलाई नमस्ते!


जाबो एक कप चिया तताऊन नसक्ने महाअल्छि लहरेलाई नमस्ते!


चाडबाडमा मात्रै चौतारी छिर्ने मदनवालाई नमस्ते!


अउँरेजीकुरा गर्ने रिया नानीलाई ७७ पटक नमस्ते!


नामले नै झ्याप भइन्छकि जस्तो बद्रेलाई नमस्ते!


आफ्नो भ्यालु भ'न भनेर गुनासोको अर्को झटारो हान्ने बैरेलाई चपाऊँदै नमस्ते!


यो पेजमा नदेखिएका ठूल्दाई बाहेक सपै औतारीहरुलाई नमस्ते!


लास्टमा खुसुक्क म आफैँलाई नमस्ते!

Read Full Discussion Thread for this article