Posted by: Birkhe_Maila October 21, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        
अब हेरि ब्यानब्यानै देखुन बाडुलि लालाएइ अरो तेसको सत्तेनाश हुने हिक्क हिक्क अरेर। हन क्यार्न ब्यानब्यानै अलछिना ला'र बाडुलि लाओ भनेर एउछिन गमेर बसिराथेँ हर्के बजिया राता राता आँखा पार्दै आँगना डिलाटि हिनिरारेछ।"ए बज्जे कता अन्मरिना लाईस एकाब्यानै?" भनेर सोद्या त ---"उता चौतारीयाँ मुन्छे नआ'र भुतको खेलो भइराछ तिमि बुडा घरमै थला परेर बसिराख" भनेर अर्को बचन नबोलि ओरालो झरो ए गाँठे! त्याँसि मइँले नि मनमनै "आsss हो बाबै यो साउको कोठेरियाँ जाक्किएर काल कुर्नु भन्दा त तेसको सत्तेनास हुने आफ्नु चौतारीयाँ ग'र एसो हँसिमजाऊ अरेर भ' नि बस्नुपरो भनेर सकि नसकि चौतारीयाँ गुलटिएँ। भखरै गुलट्या मात्तै के थेँ यिनि अल्लारेहुर त 'तँ चौतारी बना र म चौतारी बना' भनिरारेछन तर कउनै बज्जेले नि बनाएनछ, त्याँसि सकि नसकि चर्क्या नलिखुट्टो झन चर्काम्दै भ' नि एसो ढुङ्गो छापेर बनाइँछाडेँ! अझ तेति कुरोले के हुन्तो हेsssरि एइ चौतारीयाँ नि उहि साउको काम कुर्या अस्तो कुरो कुरो कोइ आम्दैन, अन्खेरुन 'आफैँ बउसि आफैँ झाँक्रि' भनेअस्तो आफैँ बोरफस भा नि! क्यार्नु।
Read Full Discussion Thread for this article