Posted by: Sufal October 19, 2009
"दण्डहिनता कहिले सम्म?"
Login in to Rate this Post:     0       ?        

आफ्नो बाँच्न पाउने अधिकार पनि उस्ले अरुको ईशारामा प्रयोग भएको महसुस गर्दै छे।


                के यही नै हो त मानब अधिकारको सुनिश्चितता? दाईहरुको बिछोडबाट बुवा आमा मरेतुल्य हुनुहुन्छ नै, यदी उस्लाई पनि केही भयो भने उँहाहरुले के गर्नुहुन्छ। ५ बर्ष अगाडिको द्रोन्द्रले अनेक थरीका पिडाहरु दिएका छन उँहाहरुलाई, मानसिक स्थिती झन कम्जोर भइरहेको छ। यस्तो परिस्थितीमा अब फरी अर्को एउटा उमा सिंह पनि थपिएमा के हुन्छ होला यो देशको गती? केहि गर्छु भन्ने सुनिता जस्तालाई गर्ने बातबरण छैन, केहि गर्न नसक्नेलाई उचित बाटो देखाउनु भन्दा ति नै जनताहरुबाट समाजमा अलिकति टाठाबाठा भै टोपलेका व्यक्तिहरुले समाजमा उदण्ड मच्याउने मनसायले जातिय, धार्मिक अनी यस्तै यस्तै आपराधिक समुहमा हुलेर आफ्नो स्वार्थ पुरा गरि आफु भव्य जीवन जिइरहेक छन। सभ्यताले भन्दा किन बडी प्राथमिकता पाइरहेको छ भव्यताले आजभोलि? "खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ" भने जस्तै जे जस्तो परिस्थिती आए पनी आफ्नो ज्यानको बाजी लगाएर दण्डहिनता जस्तो जघन्य प्रकृतिका अपराधीलाई नयाँ बन्ने संविधानमा मृत्युदण्डको प्रावधान हुनुपर्छ भने नारा अगाडि सर्ने अठोट लिइ उस्ले। देशका ठुलाबडाहरुले कानुनको शासनलाई नमाने सम्म, देश र जनता भन्दा आफु ठुलो भएको घमण्ड राजनितिक पार्टिहरुले ब्याबहार मै नत्यागे सम्म कुरामा मात्रै सहमतिको राजनिति गर्ने प्रबृतिको अन्त्य नभएसम्म राष्ट्र र जनता झन झन दलदल भित्र फस्दै जाने निश्चित छ। त्यस्तै गन्तब्यहिन बाटो हिडेको हाम्रो सरकारले मानवीय कल्याणका लागि उठेका सुनिता जस्ताका पाइलाहरु साँच्चिकै कहिले देखी प्रशंसा गरी, देशमा दण्डहिनता अन्त्य गर्न निश्पक्ष रुपमा त्यस्ता अपराधहरुको अनुसन्धान गर्ने? त्यसैले आउनुहोश सरकारबाट केही आशा नराखी फरी अर्को पत्रकारको हत्य हुन नदिन, दण्डहिनताको अन्त्य गर्न सबै जना जागौ,  अबेर भैसक्यो !


~अस्तु~

Read Full Discussion Thread for this article