Posted by: Rahuldai October 19, 2009
Marriage Certificate
Login in to Rate this Post:     0       ?        

विवाह दर्ता प्रमाण पत्र स्थानिय पन्जिकाधिकारीको कार्यालयबाट लिनु पर्दछ । स्थानिय पन्जिकाधिकारीको कार्यालय हरेक नगरपालिकामा हुन्छ । दुल्हा दुल्ही दुबइ उपस्थित भै सिधै पन्जिकाधिकारी को कार्यलमा गएर तोकिएको ढांचा को फाराम भरी आराम सँग लिन सकिन्छ । दुबै को नागरिकता सहित उपस्थिती भै ल्याप्चे लगाए सि १० मिनेट मै काम तमाम हुन्छ । बिलम्ब शुल्क ( विवाह भएको ३५ दिन नाघे मा ) र फारम दर्ता शुल्क गरी ४०-५० रुपैया लाग्ने हुन्छ ।


 


दुई मध्ये एक जना को अनुपास्थितिमा वडा कार्यालयको सिफारिस सहित् पन्जिकाधिकारीको कार्यालयमा गाई दर्ता गराउन पनि सकिने छ ।



प्रमाण पत्र को फोर्म्याट मै दिने उक्त विवाह दर्ता प्रमाण पत्र को अंग्रेजि संस्करण कानून किताब खाना बबरमहलबाट रु २५० शुल्क बुझाई अनुवाद गरी लिन सक्नु हुने छ । अचेल अन्य नोटरी अधिकार प्राप्त वकिल साहेबहरुको कार्यालयबाट पनि अंग्रेजी अनुदित पत्र प्राप्त गर्न सकिन्छ नै। तर कानून किताब खानामा विवाह दर्ता , नागरिकताको प्रमाण पत्र आदिको फोर्म्याटेड संस्करण नै पाइने हुंदा त्यहाँ बाट लिनु श्रेयस्कर हुने छ । अस्तु!!
 
 

Read Full Discussion Thread for this article