Posted by: lamjung October 17, 2009
देउसिरे !
Login in to Rate this Post:     0       ?        

               के भन्ने ए बाजे?


                सुजता उपपर्धन्मुन्तरी भ'को ठीक हो भन्ने? की माउबादीले तिहार पछि आन्दोलन गर्.या ठीक भन्ने? बब्बन ले पहाडीलाई छडी हान्छु भन्या ठीक भन्ने? की राकेश सुद देउता हो भन्ने?


               ल भएन, देउसिरे नै भट्ट्याउने भए पनि हामीले के भट्ट्याउने? बिदेशीले बर्शै भरी एसो गर उसो गर भनेर भट्याउने, हाम्रा कुकुरसुली दर्जाका नेता जे भन्छन त्यही दोहर्याएर सधैं देउशी त खेलिरा छन् नि।


               क्यार्नी त नी बाजे, बाजेले बजैलाई साइड हान्न रात बिरात देउशी खेल्ने बहानामा गाँउ डुलेको सम्झेर "भन भन भाई हो" भन्या होलान्, क्यर्नी र अब, एस्तो बेलामा कुनै उमङ्ग नै रहेन देशको ताल देखेर, नत्र त बाजे ले "भन भन भाई हो" भन्दा तिन हात उफ्रेर "देउसिरे" भन्दिन्थेँ।

Read Full Discussion Thread for this article