Posted by: saathtimro October 17, 2009
डोल्मालाई अब तीन बर्ष कैद
Login in to Rate this Post:     0       ?        

डोल्मालाई अब तीन बर्ष कैद



देबेन्द्र भट्टराई







काठमाडौ,
२०६६ आश्विन ३१ - एक फिलिपिनो कामदारको हत्या अभियोगमा कुवेतको केन्दि्रय
कारागारमा सजाय बेहोरिरहेकी नेपाली युवती डोल्मा शेर्पा सन् २०१२ को जुन
१९ सम्म जेलमा रहने भएकी छन् । कुवेत सरकारको गृह मन्त्रालयले विहीबार
गरेको निर्णयमा डोल्मा थुनामा रहेको २००७ को जुन २० देखि लागु हुने गरी
पाच बर्ष जेल सजाय हुने भएको हो ।


'यो निर्णयको कपी लिएर हामीले कुवेतमा नियुक्त गरेका कानूनी सहयोगी आयद अल
सुवाइ यहा दुतावासमा आइपुग्नुभएको छ,' साउदी अरेबियाको रियादस्थित नेपाली
नियोगका राजदूत हमिद अन्सारीले शनिबार ईकान्तिपुरसंग फोनमा भने ।


यसअघि डोल्माले गरेको भनिएको फिलिपिनो युवतीको हत्या सदर भएपछि सुरुमा
मृत्युदण्ड र पछि पीडित परिवारले 'ब्लड मनी' स्वीकार गरेपछि डोल्माले
पाउने सजाय आजीवन कारावासमा टुङ्गएिको थियो ।


'राष्ट्रिय-अन्र्तराष्ट्रिय समुदायको पहल र आग्रहलाई हेरेर आजीवन
कारावासको लामो अवधी पनि जम्मा पाच बर्षमा सिमित भएको छ,'अन्सारीले भने ।
गृह मन्त्रालयले गरेको निर्णयमा अब झण्डै तीन बर्ष मात्रै डोल्माले कारवास
सजाय बिताउनुपर्नेछ । 'पि्रन्सिपल अफिसको आदेशअनुसार यो निर्णय भएको रहेछ'
राजदूतको भनाइ थियो-'सजाय अवधी अझै घट्न सक्ने सम्भावना छ ।'


गोर्खा माइती र सिन्धुपाल्चोक घर भएकी डोल्मा रोजगारीको खोजीमा कुवेत
पुगेकी थिइन् । एउटै घरमा काम गर्ने फिलिपिनो कामदारको हत्या अभियोगमा
फसेयता डोल्माको बचाउ अभियानमा राष्ट्रिय-अन्र्तराष्ट्रिय जगतबाट नेपाली
समुदायको सहयोग रहदै आएको छ । सरिया कानूनअनुसार हत्यामा परेका पीडित
परिवारलाई १० हजार डलर 'रगतको मूल्य' बुझाएपछि उनले पाउन लागेको
मृत्युदण्ड आजीवन कारावासमा टुङ्गएिको थियो ।


'झण्डै २०/२५ बर्ष सम्म हुन सक्ने आजीवन कारवास अहिले निकै छोट्टएिको
छ,'राजदूत अन्सारीले भने-'सिंगो नेपाल र नेपालीले गरेको आग्रहलाई कुवेत
सरकार र न्यायपालिकाले आत्मसात गरिदिएको छ, यो आफैंमा खुशीको कुरा हो ।'
बिशेषत ब्लड-मनी स्वीकार भैसकेको अवस्था र न्यायलयले यो आधारलाई समेत सदर
गरेपछि डोल्माको लामो सजाय छोटिएको हो ।    

http://www.ekantipur.com/np/news/news-detail.php?news_id=301109
Read Full Discussion Thread for this article