ल बौचा को बाड !!
(बाड सक्के पछी )
ठुल्दाइ :- ए यो बौचा ले बाडेको गन है गन फेरी कम बाडेर गेम नै नहोला ।
बौचा :- अब केही नपाएर काम तास नै बाडुला नि ठुल्दाइ ले नि पायो भन्दै मा पेल्ने ।
ठुल्दाइ :- ओहो यो चोइस कार्ड 5th सिकुएन्स मिल्छ नलिउ भने नहोला झ्याइ , के भो ए हर्के तिमीलाई किन बस्छौ मुख खुम्चाइ ?
हर्के :- के गर्ने ठुल्दाइ , खेल्ने ठाउँ छैन , यहाँ बसी पुरे को तास हेर्या छु बजिया सँग सिकुएन्स त के घर नि छैन !!
म :- लौ हर्के ब्रो मेरो तास खेल, वेरिन्ची गरुला , म मस्त को खान लिएर आउछु ।
हर्के :- कती सिकुएन्स छ ,
म :- दुई छ , पुरे ले सियुर दिन्छ ।
म हर्के लाई तास दी लागे भान्छा तिर । भान्छा मा तरुनी हरु को गुण गुण । म आको देखेर चाट्ने भए ।
खुशी र केली खुस खुस गर्दै थी , होइन त बैरे भन्छ बा ??
आफु जिल्ल, अब के हो के होइन । - के होइन भन्या ।
खुशी :- यो बैरे त साच्चै कै बिरो रहेछ , त्यात्रो पुराण सुनाको के सुन्यौ ।
कुन पुरान के पुरान ? केही बोलिन ?
क्रेजी :- बैरे मात्रै होइन लाटो नि हो कि क्या हो , के ट्वल्ला पारी हेर्या ।
मन मनै सोछे चाटे तरुनी हरु ले । ई दुई सँग बोल्नु भन्या आफ्नै खेदो खन्नु जस्तो लाग्यो । बरु केली चेली सँगै सोध्नु पर्यो ।
- ओहो केली चेली , यहाँ नपकाको हाँस को मासु छ रे खै कहाँ छ ?
केली - मैले ठेक्का राख्या छु कि क्या हो ?
म - एका बिहानै आको के काम लाग्यो त , त्यती नि थाहा नभए ।
चेली - खै ठुल्दाइ ले त्यहा भकारी मा राखी त्यो खाल्डो मा पुर्नु भको छ ।
(अब खाल्डो मा पुर्या चाँही हाम्रा गाम मा फ्रिद्ज छैन चिसो पार्न खाल्डै मा धोस्नु पर्यो नि )
भकारी खोली हेर्या , मर्न लाग्या हाँस लाई मर्या झै लाग्यो , मासु को नाम मा छालो मात्रै ।
हिंडे खाल तिर , ओहो ठुल्दाइ यो हास को मासु खै त्यहाँ भकारी मा त मुर्खुट्टा लाई छलो , पखेटा लगाएको जस्तो छ ।
ठुल्दाइ :- त्यो बोइलर हाँस होइन मुला बैरे , लोकल हो लोकल । लोकल हाँस मा नि मासु हुन्छ ??
म :- हर्के ब्रो माल हेरी सक्या खै माल हेरुम त , बुक उठाइ माल हिरे , बौचा को तास नि हिरे , मोरा सँग म्यारिज र अर्को थप माल । बाह्र को माल । लौ तिर्नु तिर्ने भयो । बौचा ले थर्ड सिक्वेन्स तान्यो ...... भान्सा मा जानु अघी - ह्या मुला बौचा किन काम नलाग्ने तास राखी राख्या एउटा माल छ त्यो नि फ्याक्ने भयो ।
बौचा को मुखा सर्स्वती बस्या रहेछ , लौ म्यारिज छ गए दुई जान्छ त्यही पनि १० त बाँकी हुन्छ, मर्ने बेला हरियो काँक्रो भनी दुई को माल फाल्यो । आफ्नो काम तमाम । माल हेरिसी लेखेट्न खोज्दै थियो लखेटे माल सब ले थाहा पाउथ्यो, बस्यो त्यही भुत्भुताउदै ।
भान्सा मा गाई स्तोभ दम दिन थाले , बिर्खे बा पसे भान्सा तिर , होइन ए बजिए बैरे क्या अर्दै हो ? किन यस्तो दम दि रहा ।
म - यो हास लाई पोलु भनेर नि बा ,
हास देखे सि -
यो पोल्दा पोल्दै उछीट्या हाँस लाई के पोल्छस ? हाँस को मासु त निकै चाम्रो हुन्छ बरु पकाए पो हुन्थ्यो ।
म - ह्या बा आफ्नो दाँत छैन भन्दै हाम्रो नि हुन्न कि क्या हो , यो त कचेला बनाउछु ।
बजै - बल्ल बैरे ले कुरा गर्यो , पातकी बुढो आफ्नो जमाना बित्यो भन्दै मा यि नाती हरु को नि जमाना बित्छ कि क्या हो , लौ जाउ उता नाती हरु को बिच म आहिले तिमी लाई हलुवा बनाइ दिन्छु ।
बिर्खे बा :- तेरी मा बुढी , कस्लाई बुढा भन्या , जिउ मा अझै हुती छ , यस्तो हाँस त के , खसी को हड्डी नि चपाउन सक्छु , कुरो गर्छे ।
बजै :- भो देखीयो, जवानी मा केही गर्न नसक्या ले गर्छ बुढेस्काला ।
बिर्खे बा :- साच्चै हो, देखाउ बुढेस्काल मा जवानी , ल्याइ दिन्छु तेरो सौतेनी अनी थाहा पाउलिस ।
बिर्खे बा नि डाइलग हानी लागे खाल जमा भएको तिर ।
हाँस लाई पोली छालामा अली कालो डाम हुने गरी , मासु लाई र हड्डी लाई अली कमलो पारे । अचानो खोज्या पाए त मर्या खसी को कसम ।
आफु यता उता खोज्न थाले सि बजै ले सोधिन - के खोज्या ए बैरे , सधैं खोज्या खोज्यै हुने भयो यो मेरो नाती , कहिले तरुनी , कहिले खाना , अहिले चाँही के खोज्या नि ?
म - अचानो खोज्या बजै , यो ठुल्दाइ नि समान ठीक ठाउँ मा राख्ने हो र ?
भान्सा बाटै कराए , ए ठुल्दाइ अचानो र खुकुरी कहाँ छ !!!
कहाँ बोल्ने हो र ? लागे खाल तिर । ठुल्दाइ को मुख हेर्न लायक थियो , बौचा को म्यारिज , रिट्ठे को ५ को माल पुरे को टनेला , हर्के को हात मा म्यान र दुई थप, जम्मा गरी २७ को माल बुढा ले नहेर्या ३७ तिर्ने भयो , धन्न सिङ्ल गेम थियो । रातो पिरो भएर बस्या रहेछन बुढा ।
बालक राम को स्मरण गरेर - के भयो ठुल्दाइ झन्डै म्यारिज हो ?
म तिर हेरेर बित्यास नै पारे बजिया हरु ले । बैरे किन कराइ रहा नि तास नपर्या बेला ।
- " अचानो र खुकुरी खै ?"
ठुल्दाइ - "त्यही कौसी मा सुकाको छु । "
म लागे कौसी तिर हाँस बोकी ।
हाँस लाई अचानो मा खुकुरी ले कचेला बनाउन हान्दै थिए , बिर्खे बा चिचाए , तेरिमा अघोरी घरऐ भात्काउन लागिस कि क्या हो ?
के भयो बा खुकुरी को हनाइ सँगै मुटु नि थर्कियो कि क्या हो ?
तलाई डाँका , तेरो सेखी झारिदिउ , मजाक उडाउछस ।
सकियो बा अब एकै छिन मात्रै हो ।
म - चेली ए चेली , एउटा बटुको मा गुन्द्रुक भिजाएर , नून, हरियो खुर्सानी अनी त्यो लसुन अदुवा यहाँ ल्याउ त । अनी त्यहाँ त्यो काँचो तेल नि छ त्यो नि ल्याउ है ।
एक मात्र भन्या मान्ने चेली थियो । अरु लाई बोलाउनु भन्दा आँफै काम गरे हुने ।
मासु गुन्द्रुक लि गए खाल तिर ।
हाँस को कचेला , गुन्द्रुक साँधेको । भान्सा बाट तरुनी हरु पनि आए । चिउरा , अचार र कवाफ र भुटन लिएर ।
हर्के को आँखा महादेब को तेस्रो नेत्र खोल्या झै खुल्यो । - जे गर्छ यो बैरे ले नै गर्छ
पुरे नि तास हेर्न छोडि आफ्नो भाग मा कती पर्छ भन्दै हेर्दै थियो ।
बिर्खे बा मैले सुकुटी बनाए भन्दै कुपुक्क गुन्द्रुक साँढेको मुखा भित्र ठोसे । गुन्द्रुक को स्वाद पायो बुढा ले , बाघ ले झुकेर घास खाको मुख बनाए बिर्खे बा को चर्ती कला ठुल्दाइ ले हेर्दाइ थिए ।
के भयो बाजे, काग ले राग गाउँ आटे झै मुख बनाउनु भयो नि ?
बिर्खे बा - " यो बजिया ले सुकुटी बनाए छ भनेको गुन्द्रुक साँढेर पो ल्याए छ , दसैं को दिन सुरुवात नै घास पात बाट भयो , जातै गयो "
बौचा - " त्यसो भए बाजे नुहाएर आउनु बाजे को भाग म खाँदै गर्छु "
बिर्खे बा - " बाघ झापु हानेर मुकुण्डो फेरिदिउ तेरो बजिया "
बौचा - " आयो आयो आयो ......... "
ठुल्दाइ ले झ्याल बाट को आएछ भनी हेर्नु भयो ।
बौचा - " कहाँ गाको दाई यहाँ बेटर गेम मा टनेल्ला आयो पो भन्या त "
क्रमश : (अरु ले थपे नी हुन्छ । )