Posted by: BudoBaaje October 5, 2009
फरक बिचार
Login in to Rate this Post:     0       ?        

हाम्रा धार्मिक कथा हरु , भारतीय हरु ले तयार गरिदिएको धर्म ग्रन्थ हरु , कती सम्म सत्य छन  ?
लाग्दैन ति सबै ले हामी लाई जबर्जस्ती गलत अनी भ्रामक् सन्देश हरु दिएका छन  ? अहिले को समय मा खोज्दै जादा तथ्य सत्य का नाम मा  त्यस्ता कपोल्कल्पित कुरा हरु भेटिन्छन् ।
लाखौं त्यस्ता कुरा हरु मध्य अहिले का लागि केही
१) सिता लाई अपहरण् गरेर महिनौ राख्दा पनि रवन ले उन्को इज्जत मा धावा बोलेन होला? त्यही भएरै राम ले गभवती उनी लाई जङल मा लगेर छाडेको हैन ? सिता धर्ती मै पसेकी हुन कि आत्महत्या गरेकी हुन ? 
२) महाभारत अनुसार पान्डु ध्रितरास्ट्र  अनी बिधुर उन्कै दरबार का पुरोहित बेद्व्यास (जस्ले महाभारत लेख्यो )को बिर्य पान बारेर जन्मेका हुन । राजा  नपुङ्सक भएको कारण दरबार मा  परपुरुस  सँग संसर्ग गराएर जन्माइएका हुन । बिर्य पान मात्रा गरेर के सन्तान को जन्म सम्भव छ ?
३) कृष्ण का १६०० गोपिनी थिए ।राधा उन्की परम प्रिया प्रेमिका थिइन । तर विवाह भने रेनुका (?) सँग भएको थियो राधा सँग हैन ।  त्यही खराब चरित्र भएको कारण नै त हैन राधा ले उस्लाई छाडेकी ? कतै कृष्ण एड्स लागेर त मरेको हैन ? 
४) युद्ध जितुन्जेल  कृष्ण भगवान रे । तर उन्को मृत्‍यु एउटा सानो  सिकारी को अचुक तिर बाट भएको थियो । अनी महाभारत भन्छ त्यो कृष्ण कै इच्छा अनुसार भएको रे। कृष्ण को मृत्‍यु को बारेमा ईतिहास यो भन्दा बडी बोल्दैन ।  एड्स लाई ढाक्छोप्  पो गर्या होकी ? 
५) भरिएको राज्य सभा मा नाङै पारीएकी द्रोपती को सारी कृष्ण ले  आफु त्यस सभा मा उपस्थित नहुँदा नहुँदै पनि जादु गरेर उनको इज्जत बचाएकै  होत ?
६)पाँच पांडव कि श्रीमती द्रोपती ले कस्को सन्तान को भनेर कसरी थाहा पाइ होला ? 
७)गान्धरी को १०० वता सन्तान कसरी सम्भव छ ? नौ/नौ  महिनामा  जुम्ल्याहा प्रत्यक पल्ट जुम्ल्याहा जन्मिदा  पनि 37.5 बर्ष लाग्छ । दुर्योधन युद्ध अवस्था मा ३०-४० बर्ष को हुदो हो । मेरो त गणित ले नै काम गरेन कसरी सम्भव छ ?
८) सबै भगवान ले धोती नै लगाउछन  हगी ? किन ?
९) हनुमान सात समुन्द्र माथि बाट उडेकै हो त ? पुच्छर मा आगो लगाउदा ऐया  आथ्था भन्न छाडेर लन्का   जलाउदै  हिड्या होला त ?
 
१० ) युद्ध जितेरा मात्र भगवान भएक राम हरु कृष्ण हरु , सच्चै पान्डु हरु नै हिरो हुन त ? उनिहरु भन्दा त  रावन ,कँश  अनी कौरव हरुकै प्रोफाइल सकारात्मक् देखिन्छ । उनिहरु युद्ध हरेका ले मात्र भिलेन भएका हैनन र ?


यि त खाली उदाहरण हुन ।  खोज्दै जादा हजारौं यस्ता आधार हिन मिथ्या कुरा हरु भेटिन्छन्
मान्छे लाई दिग्भ्रमित पार्न कपोल्कल्पित तवर मा रचिएका यि मिथ्या कथा हरु को बैज्ञानीक आधार के ? कि धर्म को नाम  मा जे पनि पचेगा ? यि प्रश्न हरुको चित्त बुझ्दो उत्तर कहाँ पाउने ?  

Read Full Discussion Thread for this article