Posted by: _ October 3, 2009
तेह्रथुम
Login in to Rate this Post:     0       ?        
अध्ययनमा नमुना सबै गा. बि. स. बाट नपरे पनि निस्कर्ष धेरै हदसम्म सहि नै छ होला!

_

तेह्रथुममा जन्मदर घट्यो


http://www.nagariknews.com/society/nation/5580-2009-10-03-08-23-55.html

 विवाहित महिलाका श्रीमान् प्रत्येक वर्ष कामको खोजीमा विदेसिने दर बढेपछि तेह्रथुममा शिशु जन्मदरमा कमी आएको एक सर्वेक्षणले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालयसँग मिलेर आड्रा नेपालले गरेको सर्वेक्षणका आधारमा यो तथ्य सार्वजनिक गरिएको हो।

आड्रा नेपालले नमुनाका रूपमा जिल्लाका १० गाविसमा सर्वेक्षण गर्दा प्रजनन् उमेर समूहका विवाहित महिलाका २० दशमलव एक प्रतिशत श्रीमान् विदेसिएको पाइएको सर्वेक्षणमा संलग्न आड्रा नेपाल तेह्रथुमका संयोजक जीवन घिमिरेले बताए।

आड्रा नेपालले ह्वाकु, सक्रान्ती, इशिवु, सिम्ले, मोराहाङ, तम्फुला, आम्बुङ, वसन्तपुर, फुलेक र पञ्चकन्न्या गाविसमा घरघरमा पुगेर यो सर्वेक्षण गरेको थियो।

स्थानीयस्तरमा रोजगारीको अवसर नभएपछि  पैसा कमाउन कामको खोजीमा युवाहरू विदेसिने लहर चलेसँगै जिल्लाका प्रत्येक गाउँमा नयाँ जन्मने बच्चाको दरमा निकै कमी आउन थालेको छ। एक पटक बाहिरिएका युवाहरू कम्तीमा पनि तीनदेखि पाँच वर्षपछि मात्र घर फर्कने गरेको र यो बीचमा उनीहरूको बच्चा नजन्मने गरेकाले जन्मदरमा कमी आएको सर्वेक्षणले देखाएको छ।

तेह्रथुममा प्रत्येक वर्ष प्रजनन् उमेर समूहका कति युवा र विवाहित महिलाका श्रीमान् कामको खोजी वा अन्य काम विशेषले विदेसिन्छन् भन्ने यकिन तथ्याङ्क नभए पनि जिल्ला प्रशासन कार्यालयबाट दैनिक २५ देखि ३० जनाले विदेश जानका लागि राहदानी बनाइरहेका छन्।

राहादानी लिने युवाहरूको यो सङ्ख्यालाई मात्र आधार मान्दा पनि तेह्रथुमबाट प्रजनन् उमेर समूहका १० हजार ८ सय युवा प्रत्येक वर्ष विदेसिने गरेका छन्। राहादानी नचाहिने भारत जानेको सङ्ख्या त अज्ञात छ।

लामो समयसम्म युवाहरू विदेशमा नै रहने गरेकाले जन्मदर पातलिँदै गइरहेको संयोजक घिमिरेले बताए। सर्वेक्षणले तेह्रथुममा प्रजनन् उमेरका विवाहित महिलाको सङ्ख्या २४ हजार १ सय ६९ रहेको देखाएको छ। रासस
Read Full Discussion Thread for this article