Posted by: pashupatidev October 2, 2009
सपना कि बिपना ??
Login in to Rate this Post:     1       ?         Liked by

मेरी बिपनाले  एकदिन सोधी


मलाई प्यारी कि सपना ?


 


कस्तो अजीब प्रश्न यो खोचमा परे


साच्चै मलाई को चै प्यारी सोचमा परे


बिपना,


तिमी सँग वाक्क भएर जब


सपनाको शरणमा जानुपर्दा


तिम्रो तिक्तताबाट कतै टाढा


सपनाको सागरमा डुबुल्की लगाउदा


मैले धेरै पटक सोचे


तिमी सँग भेट नभएकै जाती हुन्थ्यो होला


तथापी


तिमी मेरो सत्य हौ


सपना मात्र कल्पना


तिमी मेरो यथार्थ  हौ 


सपना मात्र चाहना


 


सपना,


तिम्रो उचाइबाट अचानक


बिपानको धरातलमा उत्रिनुपर्दा


तिम्रो मिठो अनुभुतिबाट अलग्गिएर


बिपानको तितो यथार्थ सहनुपर्दा


मैले धेरै पटक सोचे


तिमी सँग भेट नभएकै बेश हुन्थ्यो होला


 


तथापि


तिम्रो एकपल को अनुभुतिले


कायाकल्प गरिदिन्छ


थकित गलित मेरो शरिरमा


जोश जगार भरी दिन्छ


 


बिपना, तिमीसँग रमेर


मिठो सपना देख्न चाहन्छु


सपना, तिमीलाई पच्छाएर


मेरो बिपना सिँगार्न चाहन्छु


 


मेरो लागि तिमी दुई


एक अर्काको परिपुरक हौ ।।

Read Full Discussion Thread for this article