Posted by: rabin333 September 29, 2009
Happy Virtual Dashain
Login in to Rate this Post:     0       ?        

लाम्काने खसी, अनि त्यो लिङ्गे पिङ्ग
देवी को फोटो र केटा केटी लाई लुगा,
घर जानलाई बस को भाडा
अनि थाल भरी जमरा र टीका।

येस्तै, येस्तै थुप्रै, थुप्रै
उपहार हरु पाएँ यो दशैंमा,
न लगाउन हुने न त खान हुने
सबै केवल virtual gifts facebook मा।

laptop मा webcam राखी लगाउने टिका
बजाउन्दै मङ्गल धुन youtube मा,
एक जना साथी त अझ झन् अगाडी
रोपेछन् जमरा farmville को खेतमा। 

समय को गती सङ्गै बदलिएको
होला यो virtual-dashain नयाँ युग को,
तर सबैको सुस्वास्थ र प्रगति को लागि 
हाम्रो यो शुभकामना चाहिं real नै हो !!

Read Full Discussion Thread for this article