बिछोडको पिंडा नसकी खप्न दसैंको बेलामा
तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा
बिजया दशमीको शुभकामना सहितको जदौ सबै गाम्लेहरुलाई। स्वाइन फ्लुले नछोवोस्, वाइस्यालमा नलागेस, म्यारिज खेल्दाका टनेला र म्यान संधै पचेस् (मसँग खेल्दा बाहेक)।
आज १७ बर्ष पछि बुवा आमा लगायत परिवारजनसँग टीकोटालो लाउन पाइयो। अघिल्ला दिनमा दसैंको बातावरण खासै महसूस गर्न नपाए पनि हिंजो र आज भने गरियो। फुलपातीको दिन बज्रबाराही पुगियो। लगनखेलदेखिको ८ किमी बाटो छिचोल्न मिनी बसलाई ४५ मिनट लाग्यो। ढोलाहिटी कटेपछि बल्ल नेपाल पुगे जस्तो लाग्यो केही खाली जग्गा अनि पुरनो बस्ती र रहनसहन देख्दा। त्यही दिन साँझ तास खेल्दा ३०० झ्वाम (२ रुपैयाँ प्काइन्ट स्ट्रेट)। चपागाउँतिरै हो पिङ र लंगुरबुर्जा देखेको। हिंजो आज भने आफ्नो टोल तिरै एकाध ठाउँमा पिङ र लङुरबुर्जा थापेको देख्न पाइेको छ। चंगा उडाएको पनि बिरलै देखिन्छ। बाबचे, तीनधर्के, र दारिवाल चेट जस्ता शब्द सुन्न पाइन्न।
अषमीको दिन हाम्रो मुलघरमा ठुलो पूजा हुन्छ। पहिले जतो बाक्लो उपस्थिती र अनुशासन देखिएन। मौन रहनु पर्ने समयमा पनि गफ र मोबाईल बस्ज्ने क्रम रोकिएन। हिंजो नवमिको दिन चाँही धेरै मन्दिराहरुमा गैयो र कुमारीको खुट्टा पनि ढोगियो। आज नेपाल अवतरण पश्चात पहिलो चोटि हिमाल देख्न पाइयो। दिनभरी जसो त टीका टालोमै बित्यो।
यो पालिको नेपाल यात्रालाई पनि चौतरिमय नै मानु पर्छ। भित्री गल्लिमा छिर्दा होस्, मम पसल देख्दा होस् या कसैले चुरोट तानेको देख्दा होस्, ठुल्दाइलाई सम्झिन पुग्छु। बाँदर देखे बाउचालाई, रिक्सा देखे हर्के, अनि जाँडको सिसी देख्दा बिर्खे र रिट्ठेलाई। सानो छोरा कसैले बोकेको भए चाँही बिष्टेलाई। अहिलेसम्मा मुखमा जाँड र राँगाको मासु परेको छैन, दसैंपछी इन्ट्री दिनुपर्ला। लौ आजलाई तारेमाम।